हामीले नेतृत्वदायी प्रधानाध्यापक र नेतृत्वदायी शिक्षक खोजेका छौँ : उपप्रमुख डंगोल
२०८२ असार १८ बुधवार
- गएको ३ वर्षदेखि अपेक्षित नतिजा प्राप्त गर्न नसकेका र यस वर्ष ५० प्रतिशतभन्दा धेरै विद्यार्थीहरु नटग्रेडेड नतिजा भएका विद्यालयहरुका प्रधानाध्यापकहरुसँग कुराकानी गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा कुशल व्यवस्थापकको नेतृत्वका रुपमा प्रधानाध्यापकलाई तथा बालमैत्री र हरेक समस्याको समाधान दिन नेतृत्वदायी शिक्षकको भूमिका खोजेको उपप्रमुख सुनिता डंगोलले बताएकी छन् ।
गएको ३ वर्षदेखि अपेक्षित नतिजा प्राप्त गर्न नसकेका र यस वर्ष ५० प्रतिशतभन्दा धेरै विद्यार्थीहरु नटग्रेडेड नतिजा भएका विद्यालयहरुका प्रधानाध्यापकहरुसँग कुराकानी गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।
उनले भनिन्, ‘चुनौती छन् । यसकारण नेतृत्वको खोजी भएको हो । साझेदार एकै ठाउँमा बसेर एउटै दृष्टिबाट काम गर्ने हो भने हरेक समस्याको समाधान खोज्न सकिन्छ । यसपछिको एक महिना नटग्रेडेड विद्यार्थीलाई पढाएर नतिजा सुधारका लागि काम गरौँ । त्यसपछि सबै समस्या केलाएर, सिप र क्षमताको विश्लेषण गरेर थप कार्यक्रम तर्जुमा गरौँला ।’
छलफलमा शिक्षा अधिकृत केशव ज्ञवालीले, प्रधानाध्यापक र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थी र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थीहरुको घरायसी वातावरण राम्रो नहुनु, विद्यार्थीहरु शिक्षासँगै श्रम क्षेत्रमा आवद्ध हुनु, अभिभावकको नियन्त्रणमा विद्यार्थी नहुनुजस्ता कारण केही विद्यार्थीहरुको एसईईको नतिजा राम्रो नभएको उल्लेख गरे ।
छलफलमा विद्यालयका प्रधानाध्यापकहरुले नतिजा सुधारका लागि आउँदो १ महिला अतिरिक्त कक्षा, विद्यार्थीलाई अध्ययनमा प्रोत्साहनलगायत अथक प्रयास गर्ने प्रतिवद्धता जनाए ।
उनीहरुको दृष्टिमा केही विद्यार्थीहरुमा देखिएको नराम्रो नतिजाका पछाडि विद्यालय, अभिभावक र विद्यार्थी सबैका बराबरी भूमिका रहेको उल्लेख गरे ।
प्रधानाध्यापकहरुले थप कारण देखाउँदै भने, ‘केही मेहनेत गर्ने विद्यार्थीको पनि नटग्रेडेड नतिजा आयो । कति विद्यार्थीले जाँच दिए तर गयल देखायो । घरमा दिनहुँ झगडा छ, बालबालिकाले पढाइमा ध्यान दिनै सक्दैनन् । अभिभावक जिम्मेवार नभएका कारण विद्यार्थी कसैलाई टेर्दैनन् । कतिपय बालबालिकाले श्रममा आवद्ध भएर अभिभावकको भूमिका वहन गर्नुपर्ने ठाउँमा छन् । उनीहरु चाहेर पनि पढाइमा ध्यान दिन सक्दैनन् । कतिपय विद्यार्थीहरु अभिभावकलाई टेर्दै टेर्दैनन् । अभिभावकलाई साथी जत्तिको पनि मान्दैनन् । अभिभावकलाई उनीहरुको शैक्षिक सुधारका लागि बोलाउँदा विद्यालयमा आउनु नै हुन्न । विहान पढायो । त्यसपछि खाना खान घर पठाउँदा विद्यार्थी फर्केर विद्यालय नै आउँदैनन् । गयल हुन्छन् । विषयगत शिक्षकको अभाव भयो । दरबन्दी छ, शिक्षक छैनन् । विद्यालय वरिपरिको वातावरण राम्रो भएन यसकारण उनीहरुमा खराव बानीको लत छ । यस्ता धेरै कारणले केही विद्यार्थीहरुको एसईईको नतिजा विग्रिएको हो ।’
२०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा महानगरपालिकाभित्रका ५८ वटा सामुदायिक विद्यालयबाट ४ हजार ५६ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षार्थीमध्ये ९५६ जना (नट ग्रेडेड)ले पुन परीक्षा दिनु पर्ने भएको छ । उत्तीर्ण विद्यार्थीमध्ये ७८९ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका छन् । यसमा १७ जनाले ४ जीपीए पाएका छन् । गएको वर्ष ५४५ जनाले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका थिए । गएको वर्षको तुलनामा यो वर्ष २४४ जना धेरै विद्यार्थीले उच्च जीपीए प्राप्त गरेका हुन् । यो विद्यालयहरुको शैक्षिक गुणस्तरमा आएको सुधार, विद्यार्थीहरुमा मिहनेत गर्ने बानीको विकास, शिक्षकहरुको अध्यापनप्रति बढ्दो सक्रियता, नतिजा सुधारका लागि महानगरपालिकाले विदाका समयमा सञ्चालन गरेका क्याम्पहरु तथा विशेष निगरानी कक्षाबाट आएको परिवर्तन हो ।
३.२१ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या १ हजार १४८ जना छ । यस्तै २.८१ देखि ३.२ जीपीए ल्याउने ८९० जना, २.४१ देखि २.८ जीपीए ल्याउने २५७ जना, २.०१ देखि २.४ जीपीए ल्याउने १६ जना छन् । यसमा गएको वर्ष क्रमशः १ हजार ५० जना, १ हजार ८० जना, ३९५ जना र १६ जना विद्यार्थी थिए । यसरी हेर्दा उत्कृष्ठ नतिजा प्राप्त गर्ने विद्यार्थीको संख्या वृद्धि भइरहेको छ । तल्लो तहको जीपीए प्राप्त गर्ने विद्यार्थीहरुको संख्या घट्दै गएको छ । यो नतिजा सुधारका कोणबाट सकारात्मक सुधार हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।