- आइतबार प्रतिनिधिसभाको बैठकमा विधेयकमाथि छलफलमा भाग लिँदै विधेयक स्वीकार गर्न नसक्ने बताउँदै रोष्ट्रममै विधेयक च्यातेका हुन् ।
काठमाडौं : आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयक रोष्ट्रममै च्यातेका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा विधेयकमाथि छलफलमा भाग लिँदै विधेयक स्वीकार गर्न नसक्ने बताउँदै रोष्ट्रममै विधेयक च्यातेका हुन् ।
उनले भने, ‘गरिबलाई रूवाउने विधेयक हामीलाई स्वीकार्य छैन। यो नेपाली जनताले कुनै पनि हालतमा स्वीकार्ने छैन। यस्तो अपराधिक कामको साक्षी म बन्न सक्दिनँ। सांसदहरूले पनि नबन्न आग्रह गर्दछु। यस्तो चिरहरण, भविष्यमाथि कत्लेआम गर्ने साक्षी हुन नसक्ने व्यहोरा अनुरोध गर्दै आजको यो बैठक बहिष्कार गर्दै यसलाई स्वीकार गर्न सकिन, म च्यात्छु ।’
उक्त विधेयक गरिबमारा रहेको कारण स्वीकार्य नरहेको र आफूले बैठक पनि बहिष्कार गरेको बताए ।
यस्तै उनले निजामती विधेयक पारित भएमा देशमा आगो बल्ने पनि बताए । उनले आफू यो विधेयक पारित गर्ने मतियार हुन नसक्ने पनि बताए ।
उनले भने, ‘यो गरिबमारा निजामती विधेयक पारित भयो भने देशमा आगो बल्छ । गरिबको भविष्यलाई कत्लेआम गर्नेगरी आएको यो विधेयक हामीलाई स्वीकार्य छैन । यदी यो आज पारित भयो भने यो कालो दिन हुनेछ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।