म चोरेर खाने मान्छे होइन, काम गरेर खान्छु, निराधार आरोप मान्य छैन् : डीपी अर्याल
२०८२ असार १५ आईतवार
- सांसद अर्यालले गत ३३ दिनदेखि भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाए ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्यालले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीविरुद्ध आन्दोलन जारी रहेको बताएका छन् । उनले काम गरेर खानेलाई चोरेर खानेहरुले जबाफ दिनुपर्ने अवस्था आएको भन्दै आक्रोश व्यक्त गरे ।
सांसद अर्यालले गत ३३ दिनदेखि भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाए ।
उनले भने, ‘हामीले हाम्रो आन्दोलन आजपनि जारी नै राखेका छौं । यहाँ काम गरेर खानेहरुले चोरेर खानेहरुलाई जवाफ दिएर हिँड्नुपर्ने अवस्था आयो ।’
उनले मानव तस्करी प्रकरणमा संसदीय छानबिन समिति वा उच्चस्तरीय आयोग गठन गर्न माग गर्दै आएका छन् तर, उनले सदनमा उनीहरूमाथि निराधार आरोप लगाइएको भन्दै आपत्ति जनाए ।
‘यस विषयलाई विषयान्तर गर्ने गरी हिजो यही सदनमा निराधार आरोप लगाउने प्रयास गरियो,’उनले भने, ‘राजनीतिलाई पेसा बनाएर वर्षौंदेखि देश दोहन गरिरहेकाहरुले आफूजस्ता व्यवसाय गरेर खानेहरूमाथि गम्भीर आरोप लगाइरहेका छन् ।’
सांसद अर्यालले आफ्नै ट्राभल्स कम्पनीको नाम सार्वजनिक गर्दै आफूमाथि लागेका आरोपलाई स्पष्ट रुपमा अस्वीकार गरे । ‘सुमेरे टुर एण्ड ट्राभल्स मेरो कम्पनी हो। म यो देशमा केही गरेर खाने मान्छे हुँ, चोरेर खाने मान्छे होइन,’ उनले भने।
उनले कम्पनीमार्फत एक जना पनि व्यक्ति जापान वा कुनै देशमा भिजिट भिसामा गएकै छैनन् भन्ने दाबी गर्दै प्रमाण माग गरे ।
‘यदि कसैले प्रमाण दिन्छ कि हामीले पैसा लिएका छौं र मान्छे फर्किएका छैनन् भने म जिम्मेवारी लिन्छु । होइन भने निराधार आरोप संसदको रेकर्डबाट हट्नुपर्छ’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।