संस्कृतलाई भाषा मात्र भनेर बुझ्न मिल्दैन् : मन्त्री पाण्डे
२०८२ असार १२ विहिवार
- सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृत भाषा नेपालमा केवल भाषा नभई शासन, साहित्य, जीवन दर्शन र सामाजिक संरचनाको आधार भएको दावी गरे ।
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले काठमाडौंमा सुरु भएको उन्नाइसौँ विश्व संस्कृत सम्मेलनलाई संस्कृतिको पुनर्जागरणको शुभ संकेतको रूपमा वर्णन गर्दै यस आयोजनालाई नेपालका लागि गौरवपूर्ण अवसर भएको बताएका छन् ।
सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृत भाषा नेपालमा केवल भाषा नभई शासन, साहित्य, जीवन दर्शन र सामाजिक संरचनाको आधार भएको दावी गरे ।
उनले नेपालका हिमाल, नदी, पहाड र हावापानी स्वयं साधकहरूलाई प्रेरणा दिने तत्व भएको उल्लेख गर्दै नेपालको हावा, पहाड, नदी, हिमाललगायत सम्पूर्ण वातावरण साधनाको ऊर्जा दिने खालको भएको बताए ।
सम्मेलनमा विश्वका २० भन्दा बढी विश्वविद्यालयका कुलपति तथा उपकुलपति, तथा विविध शास्त्रका ज्ञाताहरूको सहभागिता उल्लेखनीय भएको बताउँदै मन्त्री पाण्डेले यस सम्मेलनलाई पूर्वीय ज्ञान र वैदिक चिन्तनको ‘महाकुम्भ’ को संज्ञा दिए ।
उनले पशुपतिनाथ, लुम्बिनी, गण्डकी नदी र जनकपुरलाई तीर्थस्थलका रूपमा स्मरण गर्दै नेपालमा आज पनि वैदिक संस्कार र संस्कृतिको दिव्य अनुभूति पाउन सकिने बताए ।
नेपालका सांस्कृतिक धरोहरहरू र वैदिक परम्पराको ऐतिहासिक गाथा प्रस्तुत गर्दै मन्त्री पाण्डेले पाणिनि, कपिलमुनि, वेदव्यास, वाल्मीकि, राजर्षि जनक, याज्ञवल्क्य र भगवान गौतम बुद्धजस्ता महापुरुषहरूका योगदान स्मरण गरे ।
उनले यो भूमि पुनः वैदिक वातावरण सिर्जनाको बाटोमा अघि बढिरहेको बताउँदै त्यस कार्यमा अन्तर्राष्ट्रिय समुदायको सहयोग अपेक्षित रहेको धारणा व्यक्त गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।