स्रष्टाहरूको साधनाले नै नेपालको साहित्यिक र सांस्कृतिक यात्रा बाँचेको छ : मन्त्री पाण्डे
२०८२ असार ११ बुधवार
- बुधबार राष्ट्रपति भवन शितल निवासमा आयोजित नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८१ को अवसरमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै उक्त कुरा उद्घोष गरेका हुन् ।
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमार्फत प्रदान गरिएका दिर्घ साधना राष्ट्रिय पुरस्कारलाई दुई पुस्ताका स्रष्टाहरूलाई समर्पित ऐतिहासिक सम्मानका रूपमा वर्णन गरेका गरेका छन् ।
बुधबार राष्ट्रपति भवन शितल निवासमा आयोजित नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८१ को अवसरमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै उक्त कुरा उद्घोष गरेका हुन् ।
नौ जना स्रष्टाहरूलाई राष्ट्रिय सम्मान प्रदान गर्दै उनले भने, ‘यहाँहरूको साधनाले नै नेपालको साहित्यिक र सांस्कृतिक यात्रा बाँचेको छ। अब हामीले विदेशी भाषाका गीत सुन्ने बाध्यता हटाएर आफ्ना शब्द, स्वर र सङ्गीतको त्रिवेणीलाई विश्वभर गुञ्जयमान बनाएका छौं ।’ मन्त्री पाण्डेले लामो साधना र निरन्तर अभ्यासबाट खारिएका स्रष्टाहरूबाटै राष्ट्रको सांस्कृतिक धरोहरको संरक्षण, पुस्तान्तरण र प्रवद्र्धन सम्भव हुने विश्वास व्यक्त गरे । उनले भने, ‘हाम्रो अभौतिक संरचना हस्तान्तरण गर्नुपर्ने सन्देश यस कार्यक्रममा प्रस्ट रूपमा आएको छ ।’
राष्ट्रपतिको समउपस्थितिमा प्रदान गरिएका सम्मान राष्ट्रले आफ्नो पहिचान, सम्पत्ति र पूँजीप्रति गरेको आदरको प्रतीक भएको मन्त्री पाण्डेको भनाइ थियो।
उनले प्रतिष्ठान, संस्थान र भाषा आयोगले गरिरहेका कदरको प्रशंसा गर्दै स्रष्टाहरू समाजको नायक र राष्ट्रिय पहिचानको वाहकका रूपमा चित्रण गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।