नेपालको संविधान ‘ऊँट’ जस्तै भयो, धेरै त्रुटिहरु छन् : अध्यक्ष लिङ्देन
२०८२ असार ७ शनिवार
- लिङ्देनले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाहरू पूर्ण रुपमा निशुल्क हुनुपर्नेमा जोड दिएका हुन् ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान संविधान र व्यवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै मुलुकको प्रणाली परिवर्तन आवश्यक रहेको औंल्याएका छन् ।
शनिबार आयोजित ‘विद्यार्थीसँग जनप्रतिनिधिः विचार विमर्श’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाहरू पूर्ण रुपमा निशुल्क हुनुपर्नेमा जोड दिएका हुन् ।
उनले भने, ‘शिक्षा, स्वास्थ्य पूर्ण रुपमा निशुल्क हुनुपर्छ । शैक्षिक प्रणालीमा आमुल परिवर्तन गरेर शिक्षा प्रणाली गरिखाने खालको हुनुपर्छ । विश्व बजारमा बिक्ने खालको हुनुपर्यो । प्रमाणपत्र प्राप्त गरिसक्दाखेरि उ स्वावलम्बी हुने खालको शिक्षा प्रणाली हुनुपर्छ । शिक्षा प्रणाली आमूल परिवर्तन गर्न आवश्यक छ । अबको शिक्षा प्रणाली गरिखाने खालको हुनुपर्छ, जसले विद्यार्थीलाई आत्मनिर्भर बनाउँछ र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउँछ ।’
संविधानबारे बोल्दै लिङ्देनले वर्तमान संविधानलाई ‘ऊँट जस्तो’ भन्दै गम्भीर आलोचना गरे । अध्यक्ष लिङ्देनले वर्तमान व्यवस्थामा नै परिवर्तन नआएसम्म देशको अवस्था परिवर्तन हुन नसक्ने दाबी गरे ।
उनले भने, ‘अहिलेको संविधान ऊँट जस्तो भयो । त्रुटिहरुको बण्डल छन् । सबै नराम्रो छ भन्न सकिँदैन तर त्रुटिको मात्रा बढी भयो । जसले गर्दा यो संविधानले काम नै गर्न सकेको छैन । पूर्ण रुपमा यो व्यवस्था परिवर्तन नगरिकन अवस्था परिवर्तन हुन सक्दैन । अहिलेको व्यवस्थालाई ठिक भन्नेहरु मान्छे पो खराब हुन् । समस्या मान्छेमा छ । जसले यो व्यवस्था ल्यायो, संविधान ल्यायो, त्यो ल्याउने नेताहरुमा समस्या छ ।’
कार्यक्रममा उनले देशको राजनीतिक, शैक्षिक र सामाजिक सुधारका लागि व्यापक संरचनात्मक परिवर्तन आवश्यक रहेको धारणा राखे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।