बजेट कांग्रेस, एमालेतिर मात्र ढल्किएर आयो भन्ने विचार नितान्त पूर्वाग्रहपूर्ण छ : सांसद गिरी
२०८२ असार ०२ सोमवार
- सोमबार बसेको प्रतिनिधिसभाको बैठमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट स्वार्थ समुहतिर मात्र ढल्किएको छ भन्ने प्रतिपक्ष दलका सांसदहरुले राखेको विचार पूर्वाग्रहपूर्ण भएको भन्दै बजेटमा सम्पूर्ण क्षेत्रहरु समेटिएको दाबी गरे ।
काठमाडौं : नेकपा एमालेका सांसद पदम गिरीले प्रस्तुत बजेट कांग्रेस, एमाले र स्वार्थ समुहतिर मात्र ढल्किएको भन्ने पुर्वाग्रह पुर्ण विचारहरु प्रस्तुत भइरहेको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट स्वार्थ समुहतिर मात्र ढल्किएको छ भन्ने प्रतिपक्ष दलका सांसदहरुले राखेको विचार पूर्वाग्रहपूर्ण भएको भन्दै बजेटमा सम्पूर्ण क्षेत्रहरु समेटिएको दाबी गरे ।
उनले भने,‘ यो सरकार एमाले र कांग्रेस लगायत पार्टीको गठबन्धनमा बनेको छ । त्यसकारण यो बजेट कतै कांग्रेसतिर मात्रै ढल्किएको ,कतै स्वार्थ समुहतिर मात्र ढल्किएको जस्तो भयो भनेर प्रतिपक्षको सांसदले भन्नुभयो । यो नितान्त पूर्वाग्रहपूर्ण विचार हो । बजेटमा सम्पूर्ण क्षेत्रहरु समेटिएका छन् ।’
त्यस्तै उनले बजेट प्राथमिकतामा आधारित रहेर आएको भन्दै श्रोत प्रक्षेपण पनि ठिकसँग गरिएको धारणा राखे । आयोजनाको संख्या धेरै हदसम्म घटाइएको बताउँदै उनले अर्थतन्त्रलाई लयमा फर्काउन यस वर्षको बजेट केन्द्रीत भएको बताए ।
उनले भने,‘समग्रमा यो बजेट प्राथमिकतामा आधारित छ । श्रोत प्रक्षेपण ठिकसँग गरिएको छ । आयोजनाको संख्या धेरै हदसम्म घटाइएको छ । यो वैज्ञानिक छ । अर्थतन्त्रलाई लयमा फर्काउन यो केन्द्रीय भएको देखिएको छ । निजी क्षेत्रलाई उत्साहित बनाउनेगरी आएको छ । आइटी क्षेत्रलाई प्राथमिकतामा राखेको छ र आन्तरिक उत्पादनलाई विशेष जोड दिएको छ । यसमा सरकारलाई धन्यवाद छ तर कमि भएको ठाउँहरुमा सुधार्ने संकल्प गरौं ।’
सांसद गिरीले आफू सरकारमा हुँदा सबै ठिक अर्को सरकारमा हुन्दा सबै बेठिक भन्ने गलत भाष्य निर्माण भएको भन्दै भने,‘नयाँ ढंगले अगाडि बढ्ने संकल्प हामीले गर्नै पर्छ । आज म ठिक तँ बेठिक । म भएको भए देश बन्थ्यो ,तँ हुँदा बनेन जस्तो प्रकारले भाष्य निर्माण गरिँदै छ । यो वास्तबमा धेरै दिन टिक्ने विषय होइन् । यथार्तको जगमा हामी सबै उभिनुपर्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।