बजेट मन्त्रालयको कब्जामा परेको जस्तो देखिन्छ : प्रकाश ज्वाला
२०८२ असार ०२ सोमवार
- प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले प्रतिपक्ष दलका मान्यहरुले वेल घेराउ र नाराबाजी गरिरहेका बेला संसद चल्नु आफैंमा दुखद पक्ष भएको बताएका हुन् ।
काठमाडौं : नेकपा एकीकृत समाजवादीका सांसद तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले संसदको वर्तमान सञ्चालन शैलीप्रति गम्भीर प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले प्रतिपक्ष दलका मान्यहरुले वेल घेराउ र नाराबाजी गरिरहेका बेला संसद चल्नु आफैंमा दुखद पक्ष भएको बताएका हुन् ।
उनले भने, ‘मलाई एउटा कुरा अनौठों लागेको छ । वास्तवमा संसदमा प्रतिपक्ष दलका मान्यज्यूहरु वेल घेराउ र नाराबाजीमा हुनुहुन्छ । यता हामीले संसद चलाईरहेका छौं । यो कस्तो परम्परा हामी बसाल्दै छौं । मलाई अचम्म लागेको छ हाम्रो नियमावली र हाम्रो संसदीय अभ्यासले यो खालको तरिकाले संसद चलाउनुलाई एउटा दुखद पक्षको रुपमा लिन सकिन्छ ।’
त्यस्तै, सांसद ज्वालाले बजेट छलफलप्रति पनि असन्तुष्टि जनाउँदै सौद्धान्तिक छलफल अघि नबढ्दै मन्त्रालयगत बजेट पुस्तक वितरण गरिनु गलत भएको बताए ।
‘यसले सौद्धान्तिक छलफल रुमलिएको छ,’उनले भने, ‘अब छलफल त्यता केन्द्रित हुने अवस्था छ । सहरी विकास मन्त्रालयको मात्र कुरा गर्दा पनि बजेट सरकारका केही मन्त्रीहरूले एकलौटी रूपमा कब्जा गरेको जस्तो देखिन्छ ।’
उनले मन्त्री र नेताका बुवाआमाको नाममा, पार्टी र जनसंगठनका कार्यालय निर्माणका लागि अरबौं रुपैयाँ विनियोजन गरिएको बताए । ‘उनले भने, ‘वास्तवमा हामी यो बजेटको सौद्धान्तिक छलफलमा छौं । सौद्धान्तिक छलफल अगाडि नबढ्दै मन्त्रालयगत पुस्तकहरु वितरण गरिएका छन् । जसले गर्दाखेरि यो सौद्धान्तिक छलफल पनि एक किसिमले रुमलिएको छ । अब चाँही छलफल त्यता केन्द्रित हुने अवस्था छ । जस्तो सहरी विकास मन्त्रालयको मात्रै कुरा गर्दाखेरी यो बजेटलाई सरकारका मन्त्रीहरुले एकलौटि कब्जा गरेको जस्तो देखिन्छ । मन्त्री र नेताका बुवाआमाका नाममा, पार्टी र जनसंगठनका पार्टी कार्यालय बनाउन अरबौं रकम बाँडिएको छ । तर दुर्गम जिल्लाहरुमा स्वास्थ्य चौकी, खानेपानी जस्ता आधारभूत आवश्यकताहरुमा बजेट नभएर जनताहरु छटपटाइ रहेका छन् । ’
सांसद ज्वालाले बजेट निर्माणको प्रक्रियामा देखिएको पक्षपाती रवैयाको विरोध गर्दै जनताको प्राथमिकतालाई केन्द्रमा राखेर बजेट बनाइनुपर्ने माग गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।