- सोमबार जिल्ला अदालत काठमाडौंमा न्यायाधीश शिवप्रसाद खनालको इजलासमा थुनछेक बहस सम्पन्न भएपछि यस्तो आदेश दिइएको हो ।
काठमाडौं: राप्रपा महामन्त्री डा. धवलशम्शेर राणालाई काठमाडौं जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ ।
सोमबार जिल्ला अदालत काठमाडौंमा न्यायाधीश शिवप्रसाद खनालको इजलासमा थुनछेक बहस सम्पन्न भएपछि यस्तो आदेश दिइएको हो ।
राणाले सोमबार अदालतमा उपस्थित भई बयान दिएका थिए । त्यसपछि थुनछेक सम्बन्धी बहस भएको थियो । राणाको तर्फबाट डा. भीमार्जुन आचार्य, शतिशकृष्ण खरेल, गोविन्द बन्दी, बिष्णु भट्टराई र राजु बस्नेतलगायत कानुनी प्रतिनिधिहरूले बहस गरेका थिए । सरकारी पक्षबाट चारजना सरकारी वकिलहरूले प्रतिवाद प्रस्तुत गरेका थिए ।
गत चैत १५ गते पक्राउ परेका डा. राणा उमेर र स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटेका थिए । प्रहरीले अभियोजन प्रक्रिया अघि बढाउँदा उनी अदालतमा उपस्थित भएका थिएनन् । सोमबार भने उनी स्वयं अदालतमा उपस्थित भएर बयान दिएका हुन् ।
यसै प्रकरणमा राणासँगै पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने सोमबार अदालतमा उपस्थित भएका छैनन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।