चीन र भारतका लागि आस्थाको केन्द्र हो नेपाल : मन्त्री पाण्डे

२०८२ असार ०१ आईतवार
सारांश
  • राजधानीमा सुरु भएको ‘हिमाली बौद्ध धर्म र परम्परा’ विषयक पाँचदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाल चीन र भारत दुबै राष्ट्रको आस्थाको केन्द्रको साथै बुद्ध र वेदभूमि पनि भएको बताएका हुन् ।

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल चीन र भारतको आस्थाको केन्द्र भएको बताएका छन् । 


राजधानीमा सुरु भएको ‘हिमाली बौद्ध धर्म र परम्परा’ विषयक पाँचदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाल चीन र भारत दुबै राष्ट्रको आस्थाको केन्द्रको साथै बुद्ध र वेदभूमि पनि भएको बताएका हुन् । 


उनले भने, ‘हाम्रो परिचय बुद्ध हुन्। विश्व शान्तिको बाटोमा जाँदा विश्वले नेपाललाई सम्झिन्छ ।’


यस्तै, उनले सरकार संस्कृति र सभ्यताको विकास तथा विस्तारमा प्रतिबद्ध रहेको भन्दै नीतिनियम धर्म र संस्कृति फैलिने खालको बनाइने बताए । सरकारले धर्म र संस्कृतिमाथि असर पार्ने कुनै कार्य नगर्ने पनि उनको भनाई छ । 


उक्त प्रशिक्षण कार्यक्रम पाँच दिनसम्म सञ्चालन हुने जानकारी दिइएको छ । कार्यक्रममा करिब सात सय बौद्ध धर्मगुरुहरूको सहभागिता रहेको बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार