- शुक्रबार अनुसन्धानकर्ता प्रहरी र अभियोगकर्ता सरकारी वकीलको तेस्रो राष्ट्रिय सम्मेलन उदघाटन समारोहमा बोल्दै उनले मानवताको विरुद्ध विज्ञानको प्रयोग भइरहेको बताएका हुन् ।
काठमाडौं : गृहमन्त्री रमेश लेखकले आजको युगमा विज्ञानको प्रयोग मानवहितका लागि मात्रै नभइ अपराधको लागि प्रयोग हुने गरेको बताएका छन् ।
शुक्रबार अनुसन्धानकर्ता प्रहरी र अभियोगकर्ता सरकारी वकीलको तेस्रो राष्ट्रिय सम्मेलन उदघाटन समारोहमा बोल्दै उनले मानवताको विरुद्ध विज्ञानको प्रयोग भइरहेको बताएका हुन् ।
उनले भने, ‘आजको युगमा विज्ञानको प्रयोगले सकरात्मक पनि दिएको छ सहजता पनि दिएको छ तर यसका नकरात्मक पक्षहरु पनि उजागर भएका छन् । विज्ञानको प्रयोग मानवहितका लागि मात्रै भइरहेका छैनन् मानवताको विरुद्धमा पनि भइरहेका छन् । अपराधमा पनि विज्ञानको प्रयोग भइरहेको छ । त्यसो भएकाले अनुसन्धानकाक्रममा अभियोगका क्रममा विज्ञानको प्रयोग गर्न जरुरी छ ।’
उनले लोकतान्त्रिक व्यवस्थाको आधार स्तम्भ न्याय भएकाले पीडितलाई न्यायको अनुभूति गराउन सक्नुपर्ने बताए ।
‘हामी लोकतान्त्रिक व्यवस्थामा छौ । लोकतन्त्रले लोककल्याणकारी राज्यको कुरा गर्छ । त्यसको आधार स्तम्भ न्याय हो । न्याय विस्तृत, बहुआयामिक छ,’ गृहमन्त्री लेखकले भने, ‘जब हामी फौजदारी न्यायको कुरा गर्छौ यसको केन्द्रमा पीडित रहन्छ । पीडितलाई हामीले न्यायको अनुभूति गराउन सकौ कि सकेनौ । कुनैपनि फौजदारी वा अपराधिक कार्यबाट आफूलाई पीडित अनुभूति गरेको मानिसलाई न्याय प्राप्त भयो भन्ने कुराको हामीले अनुभूति गराउन सकौ कि सकेनौ त्यो फौजदारी न्यायको मूख्य उद्देश्य हो । त्यसो भएकाले हामीले यो क्षेत्रमा मेहेनतका साथ काम गर्न जरुरी रहेको छ ।’
उनले विज्ञानलाई प्रयोग गरेर संकलन गरेको प्रमाणले प्रतिवादीलाई सहयोग गर्ने खालका धेरै सम्भावना भएकोले ठिकसँग प्रयोग गर्न आग्रह गरे । उनले अनुसन्धानकर्ता र अभियोगकर्ताबिच आपसी समन्वयको जरुरी रहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।