सुनचाँदी व्यवसायीको आन्दोलन धनुषामा पनि चर्कियो, सम्पूर्ण पसल बन्द
२०८२ जेठ ३० शुक्रवार
- आन्दोलनका सिलसिलामा शुक्रबार जनकपुरधाम सुनचाँदी व्यवसायी संघ र नेपाल सुनचाँदी व्यवसायी संघ धनुषाले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै नेपाल सरकारले नीति तथा कार्यक्रममा दुई प्रतिशत विलासिता कर लगाउने सरकारी निर्णयप्रति आपत्ति जनाए ।
जनकपुर : धनुषा जिल्लाका सम्पूर्ण सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन् । उनीहरुले जिल्लाभरका पसलसमेत बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनका सिलसिलामा शुक्रबार जनकपुरधाम सुनचाँदी व्यवसायी संघ र नेपाल सुनचाँदी व्यवसायी संघ धनुषाले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै नेपाल सरकारले नीति तथा कार्यक्रममा दुई प्रतिशत विलासिता कर लगाउने सरकारी निर्णयप्रति आपत्ति जनाए ।
पत्रकार सम्मेलनमा जनकपुरधाम सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवन ठाकुरले सरकारले विलासिता करको नाममा दुई प्रतिशत बढाउँदा उपभोक्ता समक्ष ६ प्रतिशत पुग्न जाने बताए ।
उनले यसो भयो भने भारतमा सुनको मुल्य सस्तो पर्ने र सोही कारणले सुन खरिद गर्नेहरु भारतीय बजार जान बाध्य हुने जानकारी दिए ।
सरकारले कर नहटाए सम्पूर्ण सुनचाँदी व्यापारीले पसल बन्द गरेर पलायन हुने स्थिति सृजना हुने अध्यक्ष ठाकुरले बताए ।
यसबाट लाखौं कालिगढ र सुनचाँदी व्यवसायमा आवद्ध व्यक्तिहरु वेरोजगारीको शिकार हुने उनको भनाई छ ।
उनले सरकारलाई विलासिता कर हटाउन माग गर्नुका साथै केन्द्रिय संघको निर्णय अनुसार आफूहरुले थप आन्दोनका कार्यक्रमहरु सशक्त बनाउँदै जाने चेतावनी समेत दिए । व्यवसायीहरुले काठमाडौंलगायत देशभरका सहरहरुमा आन्दोलनका कार्यक्रमहरु गरिरहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।