कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्दैछ : सभापति देउवा

२०८२ जेठ ३० शुक्रवार
सारांश
  • शुक्रबार राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले आयोजना गरेको राजनीतिक अधिकार सम्बन्धी प्रशिक्षण तथा प्रथम महाधिवेशन स्मारिका एवम् राजनीतिक अधिकार सहजीकरण पुस्तिका २०८२ को विमोचन गर्दै बोल्दै उनले अबको बाटो संकल्प र कार्यकारी कामको भएकाले पूर्ण बफादारिताका साथ काम गर्न आवश्यक रहेको बताएका हुन् ।

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान अनुसार गर्नुपर्ने कामहरु धेरै नै बाँकी रहेको बताएका छन् । उनले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक रहेको पनि औंल्याए । 


शुक्रबार राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले आयोजना गरेको राजनीतिक अधिकार सम्बन्धी प्रशिक्षण तथा प्रथम महाधिवेशन स्मारिका एवम् राजनीतिक अधिकार सहजीकरण पुस्तिका २०८२ को विमोचन गर्दै बोल्दै उनले अबको बाटो संकल्प र कार्यकारी कामको भएकाले पूर्ण बफादारिताका साथ काम गर्न आवश्यक रहेको बताएका हुन् ।


उनले भने, ‘नेपालको संविधान अनुसार हामीले गर्नुपर्ने काम धेरै नै छन् । अबको बाटो संकल्प र कार्यकारी कामको हो । हामीले पूर्ण बफादारिताका साथ काम गर्ने कुरामा ध्यान दिनुपर्ने छ ।’


साथै उनले समावेशी नेतृत्व विकासको लागि लिडरसिप जस्ता कार्यक्रमहरु विस्तार  गर्नुपर्ने बताए । उनले कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्दै पार्टीको घोेषणापत्र दस्तावेजहरुमा अपांगता सवालहरु स्पष्ट रुपमा उल्लेख गरिने बताए ।


उनले भने, ‘समावेशी नेतृत्व विकासको लागि लिडरसिप जस्ता कार्यक्रमहरु विस्तार  गर्नुपर्ने छ । पार्टीको घोेषणापत्र दस्तावेजहरुमा अपांगता सवालहरु स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने छ । कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्नेछ ।’


राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधव चम्लागाईंको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नेता डा. मिनेन्द्र रिजाललगायतका नेताले आफ्नो धारणा  राखेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार