उद्योगको बक्यौता उठाउन इमान्दार प्रयास गर्दा पदबाट हटाइयोः कुलमान घिसिङ

२०८२ जेठ २९ विहिवार
सारांश
  • लामो समयदेखि देशभर व्याप्त विद्युत लोडसेडिङको अन्त्य गर्दै ऊर्जा व्यवस्थापनमा ऐतिहासिक मानक स्थापित गरेको भन्दै नागरिक अभिनन्दन मूल समिति, सर्लाहीले हरिवनमा कार्यक्रम गरी बुधबार घिसिङलाई नागरिक अभिनन्दन गरेको थियो ।

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगको बक्यौता उठाउन इमान्दार प्रयास गर्दा सरकारले आफुलाई पदबाट हटाएको बताएका छन् ।


लामो समयदेखि देशभर व्याप्त विद्युत लोडसेडिङको अन्त्य गर्दै ऊर्जा व्यवस्थापनमा ऐतिहासिक मानक स्थापित गरेको भन्दै नागरिक अभिनन्दन मूल समिति, सर्लाहीले हरिवनमा कार्यक्रम गरी बुधबार घिसिङलाई नागरिक अभिनन्दन गरेको थियो ।


सोहि कार्यक्रममा बोल्दै घिसिङले आफ्नो कार्यसम्पादन देश विदेशमा रहेका नेपालीले प्रष्टैसँग देखेको तर सरकारले शून्य नम्बर दिएको, जनतालाई अँध्यारोमा राखेर डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् आपूर्ति लिएका उद्योगको बक्यौता उठाउन इमान्दार प्रयास गर्दा पदबाट हटाइएको बताएका हुन् ।


अहिले जनताले कुनै राजनीतिक विचारभन्दा पनि प्रभावकारी सेवा प्रवाह, सुशासन, विकास र आर्थिक समृद्धि खोजेको उनले बताए । 


उनले भने ,‘लोडसेडिङको अँध्यारो हटेको छ तर अझै धेरै क्षेत्रमा अँध्यारो छ त्यसलाई हटाएर उज्यालो बनाउनु पर्नेछ, हरेक वर्ष १० हजार मेगावाट विद्युत निर्यात गरी वार्षिक रुपमा करिब ७ खर्ब रुपैयाँ आम्दानी गर्न सकिन्छ, यो देशको कुल ग्राहस्र्थ उत्पादनको २० प्रतिशतको हाराहारीमा हुन्छ, स्वच्छ एवम् हरित ऊर्जाको रुपमा रहेको जलविद्युतको प्रयोग गरी पेट्रोल, डिजेल, खाना पकाउने ग्याँसजस्ता प्रदूषित ऊर्जालाई प्रतिस्थापन गर्न सक्यौं भने हरित पर्यटनका साथै कृषिको विकास गर्न सकिन्छ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार