देशमा अवसरहरुको सिर्जना गर्नुपर्छ : नेता रिजाल

२०८२ जेठ २७ मंगलवार
सारांश
  • आर्थिक वर्ष २०८÷८३ को बजेट र कार्यक्रम विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देशमा रोजगारीको समस्या भएकाले कार्यान्वयनको क्षमता विकास गर्नुपर्ने बताएका हुन् ।

काठमाडौं : नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले देशमा अवसरहरुको सिर्जना गर्न आवश्यक रहेको बताएका छन् ।


आर्थिक वर्ष २०८÷८३ को बजेट र कार्यक्रम विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देशमा रोजगारीको समस्या भएकाले कार्यान्वयनको क्षमता विकास गर्नुपर्ने बताएका हुन् ।


उनले भने, ‘हामीले अवसरहरु सिर्जना गर्दै जानुपर्नेछ । अहिले देशमा रोजगारीको समस्या छ । कार्यान्वयनको क्षमता विकास गर्न सक्यौं भने अगाडि जान सक्छौं । कार्यान्वयनको क्षमता विकास गर्ने कुरा सजिलो चाँही होइन । दुनियाँका प्राय सबै देशमा हरेक आयोजनाहरुमा भनेको जस्तो धेरै खर्च हुन्छ । भनेको भन्दा धेरै समय लाग्छ । भनेको भन्दा त्यसबाट कम फाइदा हुन्छ ।’ 


यसैगरी पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले रेभिन्यू ग्रोथ बढेर जानुपर्नेमा घट्दै गएको बताए । उनले राजश्व बढ्न नसकेका बेला आन्तरिक ऋण बढि लोड हुँदै गइरहेको बताए ।


उनले भने,‘तीनवटा रिसोर्स लगातार घटिरहेको छ आम्दानीको स्रोतमा । जसमा  हाम्रो रेभिन्यु, जसरी ग्रोथ बढेर जानुपर्दथ्यो तर बढ्न सकेको छैन । राजश्व बढ्न सकेको छैन । अनुदान रकम पनि बढेको छैन । तेस्रो भनेको वैदेशिक ऋण हो । वैदेशिक ऋण पनि कम भएर आएको छ भने आन्तरिक ऋण बढि लोड हुँदैछ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार