संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दै

२०८२ जेठ २७ मंगलवार
सारांश
  • मंगलबार प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागिएको हो ।

काठमाडौं: संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्दैछ । 


मंगलबार प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागिएको हो । 


राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दै छ भने बैठकमा ‘नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक’ सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।


यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिनको १ बजे बस्दैछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार