समाजवादी पार्टी निर्माणको आवश्यक्ता र औचित्यबारे प्रशिक्षण दिँदै जसपा नेपाल
२०८२ जेठ २५ आईतवार
- बस्नेतले कांग्रेस कम्युनिष्टबाट मुलुक बन्न सक्दैन भन्ने निष्कर्षका साथ पार्टी पंक्ति वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा जुटेको बताएका हुन् ।
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले समाजवादी मुलुक निर्माण आफूहरुको लक्ष्य रहेको बताएका छन् ।
बस्नेतले कांग्रेस कम्युनिष्टबाट मुलुक बन्न सक्दैन भन्ने निष्कर्षका साथ पार्टी पंक्ति वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा जुटेको बताएका हुन् ।
पार्टी सङ्गठन सुदृढ गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको जसपा नेपालले सङ्गठन रहेको अधिकांश पार्टी समितिको अधिवेशन सम्पन्न गरिसकेको र अधिवेशनबाट निर्वाचित पदाधिकारी, सदस्यहरु सहितका पार्टी सदस्यहरुलाई पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरुले मुलुकमा समाजवादी पार्टी निर्माणको आवश्यकता र औचित्यबारे प्रशिक्षण दिइरहेको बस्नेतले बताए ।
उनले भने, ‘विभिन्न मुलुकमा रहेका प्रवासी नेपालीहरुको सङ्गठन निर्माण र परिचालनका साथै अन्तर्राष्ट्रिय सङ्घ, संस्थाहरुसँग भाइचारा सम्बन्ध विस्तार गरी पार्टीलाई थप सुदृढ गर्दै लगिएको छ । समाजवादी पार्टीको नेतृत्वमा समाजवादी मुलुक निर्माण हाम्रो लक्ष्य हो ।’समाजवादी पार्टी निर्माणको आवश्यक्ता र औचित्यबारे प्रशिक्षण दिँदै जसपा नेपाल
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले समाजवादी मुलुक निर्माण आफूहरुको लक्ष्य रहेको बताएका छन् ।
बस्नेतले कांग्रेस कम्युनिष्टबाट मुलुक बन्न सक्दैन भन्ने निष्कर्षका साथ पार्टी पंक्ति वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा जुटेको बताएका हुन् ।
पार्टी सङ्गठन सुदृढ गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको जसपा नेपालले सङ्गठन रहेको अधिकांश पार्टी समितिको अधिवेशन सम्पन्न गरिसकेको र अधिवेशनबाट निर्वाचित पदाधिकारी, सदस्यहरु सहितका पार्टी सदस्यहरुलाई पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरुले मुलुकमा समाजवादी पार्टी निर्माणको आवश्यकता र औचित्यबारे प्रशिक्षण दिइरहेको बस्नेतले बताए ।
उनले भने, ‘विभिन्न मुलुकमा रहेका प्रवासी नेपालीहरुको सङ्गठन निर्माण र परिचालनका साथै अन्तर्राष्ट्रिय सङ्घ, संस्थाहरुसँग भाइचारा सम्बन्ध विस्तार गरी पार्टीलाई थप सुदृढ गर्दै लगिएको छ । समाजवादी पार्टीको नेतृत्वमा समाजवादी मुलुक निर्माण हाम्रो लक्ष्य हो ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’