राजवादी समूहले घोषणा गरेको उपत्यका बन्द फिर्ता

२०८२ जेठ १९ सोमवार
सारांश
  • आफ्ना नेता तथा कार्यकर्ता पक्राउ परेपछि समितिले बन्दको घोषणा गरेको थियो । यसअघि हिजो नारायण चौरमा आयोजित कार्यक्रमस्थलबाट प्रहरीले हस्तक्षेप गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा लगायत केही नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो ।

काठमाडौं : संयुक्त जनआन्दोलन समितिले आह्वान गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिइएको छ । समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गर्दै पक्राउ परेका नेता तथा कार्यकर्ता रिहा भइसकेको भन्दै बन्दको कार्यक्रम फिर्ता लिइएको बताए ।


आफ्ना नेता तथा कार्यकर्ता पक्राउ परेपछि समितिले बन्दको घोषणा गरेको थियो । यसअघि हिजो नारायण चौरमा आयोजित कार्यक्रमस्थलबाट प्रहरीले हस्तक्षेप गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा लगायत केही नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो ।


कमल थापालाई भेट्न काठमाडौं प्रहरी परिस पुगेका राप्रपाका सांसद तथा नेता दीपकबहादुर सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।


नेता तथा कार्यकर्ता पक्राउ परेपछि संयुक्त जनआन्दोलन समितिले आन्दोलनलाई थप चर्काउने र उपत्यका बन्द गर्ने घोषणा गरेको थियो ।


तर, पक्राउ परेका कुल आठ जनामध्ये कमल थापा र दीपकबहादुर सिंहसहित सात जनालाई भने अबेर साँझ रिहा गरिएको थियो । आफ्ना नेता तथा कार्यकर्ता रिहा भएपछि समितिले बन्दको कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार