माओवादी केन्द्रले आफ्नो माग यथावत नै राखेको छ : प्रमुख सचेतक पाण्डे

२०८२ जेठ १९ सोमवार
सारांश
  • सोमबार सिंहदरबारमा भएको प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफलमा उनले छलफलमा प्रधानमन्त्री र गृहमन्त्रीले राजिनामा होईन, संसद खोलेर अगाडि बढ्नु पर्छ भन्ने कुरा राखेको भन्दै आफूहरुले राखेको विषय यथावत नै रहेको बताए ।

काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिपक्षदल माओवादी केन्द्रले आफ्नो माग यथावत नै राखेको बताएका छन् । 


सोमबार सिंहदरबारमा भएको प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफलमा उनले छलफलमा प्रधानमन्त्री र गृहमन्त्रीले राजिनामा होईन, संसद खोलेर अगाडि बढ्नु पर्छ भन्ने कुरा राखेको भन्दै आफूहरुले राखेको विषय यथावत नै रहेको बताए । 


उनले भने, ‘सत्ता पक्षबाट संसद खोल्नु पर्छ भन्ने विषयवस्तु आयो, प्रधानमन्त्री र गृहमन्त्रीज्यूहरुले पनि राजिनामा होईन, संसद खोलेर अगाडि बढ्नु पर्छ भन्ने कुरा राख्नु भयो, हामीले जुन विषय राखेका थियौ त्यो यथावत नै छ, त्यही भएर सुशासनलाई केन्द्रीत गरेर हामी अगाडि बढ्नु पर्छ भन्ने विषयवस्तु हाम्रो तर्फबाट हामीले राख्यौ ।’


यस्तै, उनले  अन्य प्रतिपक्षीहरुसँग पनि कुराकानी गर्न बाँकी रहेको हुनाले अहिले छलफलहरु भए तर त्यसको ठोस निर्णय केही नआएको बताए । 


उनले भने, ‘छलफलमा एउटा संसदको गतिरोध कसरी हल गर्ने भन्ने बारेमा छलफल भयो, प्रतिगामीहरुको जुन किसिमको गतिविधिहरु भईरहेका छन् त्यो बारेमा पनि कुराकानी भयो । छलफलहरु भए तर त्यसको ठोस निर्णय केही आएको छैन् । हामीले प्रतिपक्षीहरुसँग पनि कुराकानी गर्नुपर्ने छ त्यसकारण अहिले छलफल मात्र भयो ।’ 


संसद्मा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा प्रमुख दलका शीर्ष नेताहरुको छलफल भएको थियो । 


छलफलमा प्रधानमन्त्री ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रमेश लेखकलगायत सहभागी थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार