दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने, दीप प्रज्वलन गर्ने कार्यक्रम तय

२०८२ जेठ १९ सोमवार
सारांश
  • जेष्ठ १५ गतेदेखि आन्दोलनमा रहेका राजावादीहरु दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णयमा पुगेका छन् ।

काठमाडौं : आन्दोलनरत राजावादीहरूले सोमबार(आज)को आन्दोलन स्थगित गरेर शोक मनाउने भएका छन् । 


जेष्ठ १५ गतेदेखि आन्दोलनमा रहेका राजावादीहरु दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णयमा पुगेका छन् । 


संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति निकालेर दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णय भएको बताएका हुन् ।


२०५८ साल जेठ १९ गते तत्कालीन राजदरबार हत्याकाण्ड हुँदा राजा विरेन्द्रसहित राजपरिवार सखाप भएको थियो ।


सोही दिनको सम्झनामा साँझ दीप प्रज्वलन गर्ने बताइएको छ । आज  साँझ ६ बजे कमलादी गणेशस्थानमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार