‘राज्यले खुला हृदयले सहयोग नगरेसम्म सत्य निरुपण र बेपत्ता आयोगले काम गर्दैन्’
२०८२ जेठ १६ गते शुक्रवार
- शुक्रबार बसेको उक्त समितिको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनाबारे छलफल गरेको हो ।
काठमाडौं : संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालिन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारवाही र सो सम्बन्धका बारेमा छलफल गरेको छ ।
शुक्रबार बसेको उक्त समितिको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनाबारे छलफल गरेको हो ।
बैठकको छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्वअध्यक्ष गणेश दत्त भट्टले आयोगलाई राज्यले गाइडेड कमिसनको रुपमा स्थापित गर्न खोजिरहेको बताए । उनले दुईवटै आयोगलाई गाइडेडको रुपमा परिवर्तन गर्दा द्न्द्पीडितले न्याय नपाउने बताए ।
उनले भने, ‘दुईवटा आयोग छन् । जसमा टिआरसी र बेपत्ता । यीनिहरु दुईवटै उच्च स्तरीय र अधिकार सम्पन्न आयोगहरु हुन् । राज्यले दुईवटै आयोगलाई गाइडेडको रुपमा आयोगलाई परिवर्तन गर्दै हो की जस्तो लागिरहेको छ । आयोगलाई राज्यले गाइडेड कमिसनको रुपमा स्थापित गर्न खोज्दैछ । यसमा आयोगका सबैजना आफ्नो स्टेन्ट लिनुस् । ऐनले नै उच्च स्तरीय र अधिकार सम्पन्न लेबलको आयोग बनाएको छ यो हुनुहुँदैन । यदि राज्यको यस्तो नीतिमा चल्ने हो भने द्न्द्पीडितले न्याय पाउँदैनन् ।’
साथै उनले राज्य द्न्द्पीडितकाप्रति उत्तरदायी र जिम्मेवार नभएसम्म पीडितले न्याय नपाउने बताए । उनले राज्यले खुला हृदयले दुईवटा आयोगलाई सहयोग गर्दैन तबसम्म आयोगहरुले केही पनि काम गर्न नसक्ने बताए ।
उनले भने, ‘संक्रमणकालिन न्यायलाई संस्थागत रुपमा सुदृढ गरी पीडितलाई न्याय दिलाउने काममा बनेका ऐनहरुमा नेपालले फड्को मारेको छ । तर हामी आयोगमा हुँदा राज्यबाट कुनै सहयोग थिएन । आयोग गठन गरिदियो । जबसम्म राज्य द्न्द्पीडितकाप्रति उत्तरदायी र जिम्मेवार हुँदैन कहिले पनि पीडितले न्याय पाउँदैन । राज्यले खुला हृदयले दुईवटा आयोगलाई सहयोग गर्दैन तबसम्म यो आयोगहरुले केही पनि काम गर्न सक्दैन ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।