गणतन्त्र केही मुठ्ठिभरका विचौलियाका लागि मात्रै आयो : झलनाथ खनाल

२०८२ जेठ १५ गते बिहिबार
सारांश
  • गणतन्त्र दिवसको अवसरमा नेकपा एकीकृत समाजवादीले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिले देशको गणतन्त्र आम जनताको लागि नभइ शोषकहरुको गणतन्त्र बनिरहेको बताएका हुन् ।

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गणतन्त्र केही मुठ्ठिभरका विचौलियाका निम्ति मात्रै भएको बताएका छन् ।


गणतन्त्र दिवसको अवसरमा नेकपा एकीकृत समाजवादीले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिले देशको गणतन्त्र आम जनताको लागि नभइ शोषकहरुको गणतन्त्र बनिरहेको बताएका हुन् ।


उनले भने, ‘यो गणतन्त्र केहीमुठ्ठि भरका विचौलियाको निम्ति थिएन । यो गणतन्त्र मुठ्ठिभरका दलाल पूँजीपति वर्गको निम्ति मात्रै स्थापना गरिएको होइन । यो गणतन्त्र विभिन्न किसिमका भ्रष्ट तत्वहरुको हितका निम्ती स्थापित गरिएको थिएन । अहिले देशको गणतन्त्र आम जनताको लागि छैन् । अहिले  मुठ्ठिवादी दलालपूँजीपतिको लागि मात्रै गणतन्त्र बनिराखेको छ । देशका शोषकहरुको गणतन्त्र बनिरहेको छ । जनताको गणतन्त्र बन्न सकिरहेको छैन ।’


साथै उनले भिजिट भिसा प्रकरणमा धेरैको योजनासाथ धन्दा चलिरहेको बताए ।  उनले एउटालाई मात्र बलिको बोको बनाएर अन्यलाई चोख्याउन खोजेको आरोप लगाए । 


उनले भने, ‘अहिले  एयरपोर्टको धन्दा कस्ता कस्ता हुने रहेछन् तपाईँहरूले देखिराख्नुभएको छ । धेरैको योजनाका साथमा धन्दा चलिरहेको छ । एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोज्दै छन् ।’


खनालले अहिलेको गठबन्धन सरकार संविधान विरोधी भएकाले गणतन्त्र सुदृढ गर्न नसक्ने जिकिर गरे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार