लोकतन्त्रको विकल्पको रुपमा अन्य कुनै व्यवस्था हुन सक्दैन : मन्त्री पाण्डे
२०८२ जेठ १४ गते बुधवार
- बुधबार प्रज्ञा प्रतिष्ठानले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको कविता उत्सवमा उनले लोकतान्त्रिक व्यवस्थाका कमजोरीहरू सुधार्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लोकतन्त्रको विकल्पमा अन्य कुनै पनि शासन व्यवस्था नहुने स्पष्ट पारेका छन् ।
बुधबार प्रज्ञा प्रतिष्ठानले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको कविता उत्सवमा उनले लोकतान्त्रिक व्यवस्थाका कमजोरीहरू सुधार्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।
उनले भने, ‘लोकतन्त्रको विकल्पमा कुनै पनि राजनीतिक व्यवस्था हुन सक्दैन । लोकतन्त्रमा भएका कमी–कमजोरी सुधार गर्दै जानुपर्छ । प्राप्त उपलब्धिहरू गुमाएर अर्को व्यवस्था ल्याउने कुरा देशलाई फेरि गोलचक्रमा लैजाने प्रयास मात्रै हुन्छ ।’
मन्त्री पाण्डेले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै नेपालको स्थायित्व र समृद्धिको आधार भएको उल्लेख गर्दै यसैलाई सबल र प्रभावकारी बनाउनु नै आजको आवश्यकता भएको बताए ।
उनले तीनवटै तहका सरकारबीच समन्वयमा आधारित कार्यशैली आवश्यक रहेको धारणा राख्दै सबै तहका सरकारले एकअर्कासँग मिलेर राष्ट्र निर्माणमा लाग्नुपर्ने पनि बताए ।
यस्तै, उनले नेपाली कवि, साहित्यकार र लेखकहरू क्रान्तिका प्रत्येक चरणमा जनचेतना जगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै गणतन्त्रको पक्षमा कलम चलाउन आग्रह गरेका छन् ।
साथै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिर्जनात्मक व्यक्तित्वहरूको सम्मान र प्रवद्र्धनमा सधैं तयार रहेको उल्लेख गर्दै उनले आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अगाडि बढाइने प्रतिवद्धता जनाए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’