कम्युनिष्ट एकताको प्रक्रिया अघि बढ्यो : प्रचण्ड

२०८२ जेठ १२ गते सोमवार
सारांश
  • सोमबार काठमाडौंमा भएको पार्टी समायोजन कार्यक्रममा उनले आउने दिनमा समाजवादी आन्दोलन अगाडि बढ्दै जाँदा एकीकरण, समायोजन र ध्रुविकरणको प्रक्रिया पनि निरन्तर अगाडि बढ्दै जाने भन्दै कम्युनिष्ट एकताको प्रक्रियामा गम्भीर ढङ्गले अगाडि बढि रहेको बताए ।

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक पर्ने कम्युनिष्ट एकताको प्रक्रियामा अगाडि बढि रहेको बताएका छन् । 


सोमबार काठमाडौंमा भएको पार्टी समायोजन कार्यक्रममा उनले आउने दिनमा समाजवादी आन्दोलन अगाडि बढ्दै जाँदा एकीकरण, समायोजन र ध्रुविकरणको प्रक्रिया पनि निरन्तर अगाडि बढ्दै जाने भन्दै कम्युनिष्ट एकताको प्रक्रियामा गम्भीर ढङ्गले अगाडि बढि रहेको बताए । 


उनले भने, ‘हामी गम्भीर ढङ्गले समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक पर्ने कम्युनिष्ट एकताको प्रक्रियामा अगाडि बढि रहेका छौ । योभन्दा अगाडि पनि हामीले ०६४ को निर्वाचनमा प्राप्त गरेको अभिमत हामीले जोगाउन सकेनौ पार्टी विभाजित भयो, त्यसले नेपाली श्रमजीवि वर्गको लागि ठूलो क्षति भयो । महान सहिदहरुको सपना तरङ्गित भए तर संविधान घोषणा भएपछि एकताको प्रक्रिया सुरु भयो । आउने दिनमा समाजवादी आन्दोलन अगाडि बढ्दै जाँदा एकीकरण, समायोजन र ध्रुविकरणको प्रक्रिया पनि निरन्तर अगाडि बढ्दै जानेछ ।’


यस्तै, उनले विश्वभर भएका क्रान्ति र प्रतिक्रान्तिका अनुभव समेतका आधारमा नेपालमा मौलिक तरिकाले समाजवादतर्फ अघि बढ्ने उद्देश्यसहित नेकपा एमालेसहित समाजवादी क्रान्तितिर जाने तयारी गरेपनि प्रतिक्रियावादी देशी विदेशी शक्तिहरूले सफल हुन नदिएको बताए  ।


सोही क्रममा नेसपाका अध्यक्ष गंगानारायण श्रेष्ठले हिजो पार्टीबाट अलग हुनु, पार्टीबाट बाहिरिनु गल्ती भएको भन्दै पार्टी एकताको लागि पहलको सुरुवात गरेको बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार