‘मन्त्री एवम प्रधानमन्त्रीको निकट भएकाहरुले नियुक्ती पाउनु अनौठो होइन्’
२०८२ जेठ १२ गते सोमवार
- सोमबार ‘प्रशासनिक संघीयता कार्यान्वयनका सवालमा अन्तर सरकारी समन्वय तथा निजामती सेवाका समसामयिक सवालहरु’ विषयक कार्यक्रममा बोल्दै उनले सरकारको नजिक रहेकाले वहालवाला पदाधिकारीहरु अवकासको समयमा पनि नियुक्त गरिने बताएका हुन् ।
काठमाडौं : नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा.विजय प्रसाद मिश्रले वहालवाला मन्त्रालयका पदाधिकारीहरु मन्त्री एवम प्रधानमन्त्रीको निकट हुने भएकाले अवकासको समयमा नियुक्त हुने गरेको बताएका छन् ।
सोमबार ‘प्रशासनिक संघीयता कार्यान्वयनका सवालमा अन्तर सरकारी समन्वय तथा निजामती सेवाका समसामयिक सवालहरु’ विषयक कार्यक्रममा बोल्दै उनले सरकारको नजिक रहेकाले वहालवाला पदाधिकारीहरु अवकासको समयमा पनि नियुक्त गरिने बताएका हुन् ।
‘हामीले देखेको वाहालवाला मन्त्रालयका पदाधिकारीहरु, मन्त्री, प्रधानमन्त्री, सरकार समक्ष निकट हुन्छन् । त्यसैले उहाँहरुले आफ्ना कुरा सिधै पुर्याउन सक्नुहुन्छ । आफ्नो काम गरेर नीति निर्माता, राजनीतिज्ञहरुको मनमा बस्न सक्नुभएको छ । मनमा बसेपछि केही श्रेयभावले पनि उहाँहरुलाई नियुक्त गरौं तुरुन्तै भन्ने विचारधारा निर्माण हुनसक्छ । त्यसले गर्दा पनि अवकासको समयमा पनि नियुक्त गर्ने देखिन्छ ।’
उनले पूर्व प्रशासकहरुको संलग्नतामा नीति निर्माण, प्रतिष्ठान गठन गरी अनुगमनका कामहरु गर्नुपर्ने बताए ।
यस्तै, कानुन मन्त्रालयका सचिव उदयराज सापकोटाले कुलिङ पिरियड नराख्ने भन्ने कुनै धारणा कसैको नभएको बताए ।
‘कसैको पनि कुलिङ पिरियड नराख्ने भन्ने धारणा छैन । अहिले पनि सुशासन ऐनमा स्वार्थको द्धन्द्ध भएको अवस्थामा एक वर्षसम्म पाइँदैन भनेर दफा १८ मा उल्लेख छ । तर त्यो कार्यान्वयन भएको छैन,’ उनले भने ।
कार्यक्रममा सरकारका पूर्वसचिब कृष्णहरि बाँस्कोटा, डा.दामोदर रेग्मी लगायतको उपस्थिति रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।