गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्यरुपमा मनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ जेठ १२ गते सोमवार
- प्रेस चौतारी नेपालका पदाधिकारी र सचिवालय सदस्यसँग सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले जनताको सङ्घर्षको प्रतिफलका रुपमा प्राप्त गणतन्त्र दिवसलाई सरकारीस्तरका साथै जनस्तरबाट पनि मनाउन आग्रह गरेका हुन् ।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्यरुपमा मनाउन आग्रह गरेका छन् ।
प्रेस चौतारी नेपालका पदाधिकारी र सचिवालय सदस्यसँग सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले जनताको सङ्घर्षको प्रतिफलका रुपमा प्राप्त गणतन्त्र दिवसलाई सरकारीस्तरका साथै जनस्तरबाट पनि मनाउन आग्रह गरेका हुन् ।
नेपाल सरकारले यही जेठ १५ गतेको गणतन्त्र दिवस मनाउन प्रधानमन्त्री ओलीको अध्यक्षताका मूल आयोजक समितिको समेत गठन गरेको छ ।
‘गणतन्त्र दिवस, जनताको दिवस हो । यसलाई जातजातिगत विविध बाजागाजा र झाँकीसहित हरेक ठाउँबाट उत्सवका रुपमा मनाउनुपर्छ ।’, प्रधानमन्त्री ओलीले भने, ‘जनताले लडेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका पक्षमा हामी छौँ र यसका लागि सञ्चार क्षेत्रबाट जनताका बीचमा सही सूचना दिएर प्रचारप्रसार गरिनुपर्दछ ।’
सोमबार सम्पन्न एमालेको सचिवालयको बैठकले पनि गणतन्त्र दिवसलाई सांस्कृतिक झाँकीसहित मनाउने निर्णय गरेको थियो । सो निर्णयको कार्यान्वयनका क्रममा सञ्चारमाध्यम र डिजिटल मिडियामा समेत प्रचारप्रसार गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड दिए ।
उनले आफूलाई देशभक्तहरु प्यारो लाग्ने र देशद्रोही तथा प्रतिक्रियावादीहरु मन नपर्ने स्पष्ट गर्दै जस्तो सुकै प्रतिकूल अवस्थामा पनि सत्य र परिवर्तनका पक्षमा सम्झौता नगर्न आग्रह गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।