- आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम कार्यक्रममा बोल्दै उनले विपद्मा स्थानीय सरकार सक्रिय हुनुपर्ने भन्दै त्यसको लागि ललितपुर महानगरपालिका विपद् व्यवस्थापनका लागि पूर्व तयारीमा रहेको बताएका हुन् ।
काठमाडौं : ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले विपद् आउँदा सबैभन्दा पहिला स्थानीय सरकार सक्रिय हुनुपर्ने बताएका छन् ।
आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम कार्यक्रममा बोल्दै उनले विपद्मा स्थानीय सरकार सक्रिय हुनुपर्ने भन्दै त्यसको लागि ललितपुर महानगरपालिका विपद् व्यवस्थापनका लागि पूर्व तयारीमा रहेको बताएका हुन् ।
उनले भने,‘कुनैपनि विपद् आउँदा सबैभन्दा पहिला स्थानीय सरकार सक्रिय हुनुपर्ने अवस्था छ । त्यसमाथि पनि विपद् व्यवस्थापन समिति अर्थात ललितपुर महानगरपालिकाको नगर प्रहरी छ । नगरप्रहरी नै सबैभन्दा बढि अग्रसर हुनुपर्ने भएकाले तालिम दिई स्रोतको व्यवस्थापन गर्न अनिवार्य छ । यसको लागि पूर्वाधारको व्यवस्था गर्नुपर्ने जिम्मा नगरपालिकाको हो ।’
उनले विपद्को समयमा नगर प्रहरीका साथै तालिम प्राप्त विपद् स्वयंसेवकहरु निकै संवेदनशीलताका साथ अगाडि बढ्नुपर्ने बताए ।
महानगरपालिकाका प्रमुख महर्जनले विपद् व्यवस्थापनको लागि पाँचवटा डुङगा खरिदको प्रक्रियामा गइरहेको र डुङगाको लागि पनि तालिमको छिटै व्यवस्था गरिने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
-
दसैँ र तिहारमा वालेटमार्फत दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’