गणतान्त्रिक व्यवस्था उन्नत राजनीतिक व्यवस्था हो : पूर्ण बस्नेत
२०८२ जेठ १० शनिबार
- राजसंस्था पुनस्र्थापनाका लागि भन्दै राजावादीहरुले गर्न लागेको प्रदर्शनबारे टिप्पणी गर्दै बस्नेतले हरेक नागरिक समान हुने र ‘नागरिक नै सार्वभौम’ हुने लोकतान्त्रिक व्यवस्थाको विकल्प राजतन्त्र हुनै नसक्ने बताएका हुन् ।
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले गणतान्त्रिक व्यवस्था एक्काइसौं शताब्दीको उन्नत राजनीतिक व्यवस्था भएको बताएका छन् ।
राजसंस्था पुनस्र्थापनाका लागि भन्दै राजावादीहरुले गर्न लागेको प्रदर्शनबारे टिप्पणी गर्दै बस्नेतले हरेक नागरिक समान हुने र ‘नागरिक नै सार्वभौम’ हुने लोकतान्त्रिक व्यवस्थाको विकल्प राजतन्त्र हुनै नसक्ने बताएका हुन् ।
‘आधुनिक नेपालको अस्तित्व प्रारम्भ भएदेखि आजसम्म भएका राजनीतिक आन्दोलन, संघर्ष, बलिदानी र परिवर्तनबाट प्राप्त राजनीतिक उपलब्धीहरुमध्ये गणतान्त्रिक व्यवस्था नेपाल र नेपालीका लागि महत्वपूर्ण र ऐतिहासिक राजनीतिक उपलब्धी हो । यो व्यवस्थाले वंश विशेषमा ज्येष्ठताको आधारमा श्रेष्ठता तय गरिने प्रणालीको अन्त्य गरेको छ,’ उनले भने ।
गणतन्त्रको घोषणासँगै देशमा शान्ति पुनर्वहाली भएको कुरामा जोड दिँदै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु सम्पूर्ण नेपालीहरुको कर्तव्य भएको उनको भनाइ छ ।
जनप्रतिनिधिमार्फत राज्यसत्तामा जनताको पहुँच र अधिकार स्थापित गर्न सकिने यो लोकतान्त्रिक व्यवस्थालाई व्यवस्थित र समृद्ध गर्नुपर्ने उनको धारणा रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’