चोरी पैठारीका कारण राजस्व घट्यो, आन्तरिक व्यापार कमजोर हुँदै गयो’
२०८२ जेठ ९ शुक्रबार
- शुक्रबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले विकास निर्माण, समृद्धि र सुशासन कायम गर्न सबैभन्दा पहिला चाहिने कुरा भनेको शान्ति सुरक्षा रहेको उल्लेख गरे ।
जनकपुर : गृहमन्त्री रमेश लेखकले देशमा शान्ति, सुरक्षा नभए अरु कुनै कुराको सम्भावना नरहने बताएका छन् ।
शुक्रबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले विकास निर्माण, समृद्धि र सुशासन कायम गर्न सबैभन्दा पहिला चाहिने कुरा भनेको शान्ति सुरक्षा रहेको उल्लेख गरे ।
उनले सीमा नाकासंग जोडिएका क्षेत्रहरुमा सबैभन्दा बढी चोरीपैठारी हुने गरेको देखिएको बताए ।
चोरी पैठारीका कारण राजस्व घट्नुका साथै आन्तरिक व्यापार कमजोर हुँदै गएको र सीमा नाकामा अपराधिक घटनाहरु पनि बढ्दै गएको जानकारी दिएका छन् ।
सीमा नाकासंग जोडिएका समस्याहरु समाधान गर्न सम्पूर्ण सुरक्षा निकायलाई गम्भीर भएर लाग्न गृहमन्त्री लेखकले निर्देशन दिए ।
कार्यक्रममा मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेश प्रदेशका सुरक्षा निकायहरुमा काम गर्ने नेपाल प्रहरी, नेपाली सेना र सुरक्षाकर्मीहरुलाई थप सुविधा प्रदान गर्न आवश्यक रहेको बताए ।
उनले सुरक्षाकर्मीहरुलाई उचित आवास र खाना खाने ठाउँसमेत राम्रो नभएका कारण समस्या भोग्नु परेको सुनाए । उनले केन्द्र सरकारले सुरक्षाकर्मीहरुलाई उचित सुविधा प्रदान गर्न बजेट विनियोजन गर्न गृहमन्त्री रमेश लेखकलाई आग्रह गरे ।
त्यस्तै, मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रहरी समायोजन नभएका कारण प्रदेश सरकारले चाहे जस्तो काम गर्न नसकिरहेको गुनासो गरे ।
उनले विगतमा आफूले अनुगमन गरेर बन्द गर्न निर्देशन दिएका दर्ता नभएका र मापदण्ड विपरीत अस्पतालहरु केही दिन पछि फेरि सञ्चालन गरेको पाइएको गुनासो गरेका छन् ।
गृहमन्त्री लेखकले लागु औषध, सवारी दुर्घटना, आत्यम हत्या, साइबर क्राइम जस्ता समस्यालाई समाधान गर्न आवश्यक रहेको र यसमा प्रदेशका सम्पूर्ण सुरक्षा निकायले सक्रियताका साथ लाग्नुपर्ने धारणा राखे ।
गोष्ठीमा मधेश प्रदेशका ८ वटै जिल्लाका सम्पूर्ण सुरक्षा निकायका पदाधिकारीहरुको उपस्थिीति रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।