कृषिलाई प्राथमिकता मात्र नभइ बजार सुनिश्चित गर्नुपर्छ : चालिसे
२०८२ जेठ ८ बिहिबार
- बुधबार बसेको अर्थ समितिको बैठकमा बोल्दै समितिका सभापति चालिसेले कृषि क्षेत्रको विकासका लागि बजारको सुनिश्चता हुनुपर्ने बताएका हुन् ।
काठमाडौं : अर्थ समितिका सभापति सन्तोष चालिसे आगामी योजनामा कृषि क्षेत्रलाई प्राथमिकता मात्र दिने नभनी बजार सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
बुधबार बसेको अर्थ समितिको बैठकमा बोल्दै समितिका सभापति चालिसेले कृषि क्षेत्रको विकासका लागि बजारको सुनिश्चता हुनुपर्ने बताएका हुन् ।
उनले भने, ‘अब हामीले कृषि, पर्यटन, विद्युत, आइटी र उर्जामा जोड दिनुपर्छ भनेर सबैले जोड दिनुभएको छ । तर कृषी क्षेत्रलाई ध्यान दिने मात्र भनेर कुनै अर्थ छैन् । कृषि क्षेत्रको रुवाबासी हेरेका छौं । किसानले बैंकबाट ऋण लिएर गाई पाल्छ तर दुध विक्री नभएर पोख्ने अवस्था छ । बजारको सुनिश्चता छैन् । तरकारी रोप्दा भारतबाट आएको तरकारी कारण फाल्न परेको छ ।’
उनले तरकारीलगायत उपभोग्य कृषि उपजको बजारको मूल्य १५ दिन अगाडि नै तोकिनुपर्ने बताए ।
बैठकमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयहरू सम्बन्धमा छलफल गरएको थियो ।
छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले यस्ता विषयमा हरेक मन्त्रालयमा छलफल गरिनुपर्ने बताए । यस्ता छलफलले समस्याको समाधान निकाल्न सहज हुने धारण राखे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’