चारवटा संसदीय समितिको बैठक बस्दै

२०८२ जेठ ८ बिहिबार
सारांश
  • अर्थ समितिको बैठक सिंहदरबारमा बिहान ११ बजे बस्नेछ । उक्त बैठकमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हुँदै छ । बैठकमा समिति सदस्यहरू र राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल उद्योग परिसंघ (सीएनआई)बीच छलफल हुनेछ ।

काठमाडौं : संघीय संसद् अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । 


अर्थ समितिको बैठक सिंहदरबारमा बिहान ११ बजे बस्नेछ । उक्त बैठकमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हुँदै छ । बैठकमा समिति सदस्यहरू र राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल उद्योग परिसंघ (सीएनआई)बीच छलफल हुनेछ । 


सार्वजनिक लेखा समितिको बैठकमा समितिमा प्राप्त उजुरीमा छलफल हुनेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 


विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता पूर्वबजेटका सम्बन्धमा छलफल हुनेछ । 


साढे ११ बजे बस्ने बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रतिनिधिलाई छलफलका लागि बोलाइएको छ ।

 
संघयि सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा  विपद् व्यवस्थापन (विपद् न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ)का सम्बन्धमा भएका कामकारबाहीबारे छलफल हुँदैछ । 


बैठकमा विपद् जोखिम न्यूनीकरणका लागि तयारी तथा आगामी कार्ययोजना सम्बन्धमा र विविध विषयमा छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार