- राष्ट्रिय सभामा बुधबार पर्यटन विधेयक २०८१ माथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पाण्डेले आफू राम्रो ऐन बनाउनका लागि संशोधन गर्न तयार रहेको बताएका हुन् ।
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि राम्रो ऐन बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन् ।
राष्ट्रिय सभामा बुधबार पर्यटन विधेयक २०८१ माथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पाण्डेले आफू राम्रो ऐन बनाउनका लागि संशोधन गर्न तयार रहेको बताएका हुन् ।
उनले भन्ो, ‘हाम्रो उद्देश्य राम्रो ऐन बनाउने हो । जसले पर्यटकीय क्षेत्रको प्रबद्र्धन र दिगो विकास गर्ने, पर्यटकलाई सहज बनाउने र मुलुकको आर्थिक स्थिति बलियो बनाउने गरी काम गर्नेछ ।’
मन्त्री पाण्डेले पर्यटन ऐनलाई राम्रो बनाउनका लागि राष्ट्रिय सभाले महसुस गरेको उल्लेख गर्दै भन्ो, ‘दफावार छलफलका माध्यमबाट विधेयकलाई थप समृद्ध बनाउने छौं । समितिमा लगेर छलफल गर्नेछौं । मन्त्रीको तर्फबाट कुनै पनि जडता नराखीकन विधेयकलाई सदृढ बनाउनका लागि संशोधन गर्न तयार छौं ।’
यो विधेयक प्रणालीलाई बलियो बनाउने दायित्व बोध गरेर ल्याइएकोसमेत मन्त्री पाण्डेले बताए । उनले थप्ो,‘विधेयकमाथि छलफल गर्दा हाम्रो प्रणालीलाई बलियो बनाउने दिशामा उन्मुख हुनुपर्नेछ । अर्को महत्वपूर्ण कुरा सुशासनको पाटो खड्कीएको छ । त्यसका लागि प्रभावकारी संरचना बनाउने र कार्यान्वयन गर्ने गरी विधेयकलाई सुदृढ बनाउने गरी काम गरौं भन्न चाहन्छु ।’
पर्यटनमा निजी क्षेत्रलाई समेट्नका लागि निजी क्षेत्र मैत्री व्यवस्था पनि मिलाउनुपर्नेसमेत मन्त्री पाण्डेले बताए । उनले थप्ो,‘निजी क्षेत्रलाई मन खोलेर लगानी गर्नसक्ने वातावरण बनाउने र भरोसा दिलाउने काम हामीले गर्नुपर्नेछ । यसलाई कानुनको माध्यमबाट स्थापित गर्नेछौं । पर्यटनमैत्री वातावरण हामीले सिर्जना गर्नेछौं ।’
नेपाल पर्वातारोहण संघलाई व्यवस्थित गर्ने सन्दर्भमा गम्भीरताका साथ छलफल गर्न आफू खुला रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले बताए । त्यसैगरी अपांगता भएका मानिसहरुका लागि पनि उपयोग हुने र अपांगता भएका पर्यटकहरु पनि सहजरुपमा आवतजावत गर्नसक्ने संरचना निर्माण गर्नुपर्ने मन्त्री पाण्डेले बताए ।
‘क्यासिनोलाई धेरै विवादित बनाउन नहुने उल्लेख गर्दै मन्त्री पाण्डेले भन्ो,‘यसको नियमनमा हामीले ध्यान दिनुपर्नेछ । मकाउको जीडीपीको अधिकांश हिस्सा क्यासिनोले समेट्ने गरेका छौं । त्यसकारण क्यासिनो बन्द गर्नेभन्दा पनि नियमनमा ध्यान दिनुपर्नेछ । हामीले विधेयक निर्माणका सन्दर्भमा ध्यान दिन्छौं ।’
मन्त्री पाण्डेले पुरातात्विक सम्पदा जोगाउँदै विकासका नयाँ बाटाहरुको खोजी गर्नुपर्ने उल्लेख गर्दै भने, ‘सन्तुलन कायम गर्नुपर्छ । नदी जोगाउने मात्रै कि उर्जा उत्पादन गर्ने कि जलयात्रा बढाउनेजस्ता कामहरुमा हामीले केन्द्रित हुन आवश्यक छ । पुरातत्व जोगिएन भने हाम्रो सभ्यता मर्दै जान्छ । पर्यटकहरुका लागि सजिलो बनाउने र हाम्रा मौलिकता पनि जोगाउने विषयमा ध्यान दिन आवश्यक छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।