भारतले युद्ध चाहेको छैन्,युद्धको लागि कसैले पनि नउक्साउनु होलाः नेता जोली

२०८२ जेठ ७ बुधबार
सारांश
  • बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले कश्मीरको पहलगाम घटनामा नेपालले गरेको सहयोगको लागि धन्यवाद दिदैँ उनले भारतले युद्ध नचाएको बताएका हुन् ।

काठमाडौं : भारतीय जनता पार्टीका नेता डा.विजय जोलीले भारतले युद्ध नचाहेको भन्दै युद्धको लागि कसैले पनि नउक्साउन आग्रह गरेका छन् ।  


बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले कश्मीरको पहलगाम घटनामा नेपालले गरेको सहयोगको लागि धन्यवाद दिदैँ उनले भारतले युद्ध नचाएको बताएका हुन् । 


‘अहिलेको समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जीले भनेका छन् । आदेश छ हामी पूरै दक्षिण एसियामा आतङवादको परिक्षण गर्न दिँदैनौ । भारत युद्ध चाहदैन । भारतलाई नउक्साउनुहोला तर ती कश्मीरको पहलगाममा सहिद भएका २६ जना मानिसहरु जसमा एक जना नेपालीमूलको भाई पनि थियो,’ उनले भने । 


उनले थप भने,‘आजको सन्दर्भमा २०२५ अप्रिल २२ तारिखका दिन कश्मीरको पहलगाममा २६ निर्दोष मानिसहरु उनको धर्मको नाममा आतङवादीहरुले निर्मम हत्या गरे । त्यस सन्दर्भमा नेपाल सरकारले भारतको सहयोगको लागि भारतीय नागरिकको तर्फबाट धन्यवाद दिन चाहान्छु ।’ 


उनले कश्मीर घटनामा नेपालका प्रधानमन्त्रीले १२ घण्टाभित्र फोन गरीे भाइचारा सम्बन्ध निर्वाह गरेको भन्दै पाकिस्तानको कारण सार्कको औचित्य घटेको बताए ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार