नेपाली टोली पहिलो पटक महिला विश्वकपको ग्लोबल छनोटमा

२०८२ जेठ ५ सोमबार
सारांश
  • आज भएको सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै शीर्ष दुईमा रहँदै ग्लोबल छनोटमा प्रवेश गरेको हो ।

काठमाडौं : महिला टी–२० विश्वकपको एसिया छनोटमा युएईलाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको छ ।


आज भएको सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै शीर्ष दुईमा रहँदै ग्लोबल छनोटमा प्रवेश गरेको हो ।


यो जितपछि नेपाल र थाइल्यान्ड एसियाबाट ग्लोबल छनोटमा पुग्न सफल भए ।नेपालले अब मंगलबार औपचारिकताका लागि अन्तिम खेल थाइल्यान्डविरुद्ध खेल्दैछ । नेपाली महिला टोली पहिलो पटक ग्लोबल छनोटको यात्रा गर्न सफल भएको हो ।


नेपालले विश्वकपमा पुग्न अन्तिम चरणको छनोट खेल्न बाँकी छ । छनोटमा १० देशबीच प्रतिस्पर्धा हुनेछ । ती १० देशबाट शीर्ष चारदेश विश्वकपमा पुग्नेछन् ।


पहिले ब्याटिङमा आएको यूएईले दिएको ११५ रनको सामान्य चुनौतीलाई नेपालले अन्तिम तीन बल बाँकी हुँदा भेट्टायो । त्यसक्रममा अविजित रहेकी नेपाली कप्तान इन्दु बर्माले ३० रनको योगदान गरिन् ।


उता रुविना क्षेत्री बेलबासेले १८ बलमा २३ रन बनाइन् । नेपालका लागि ओपनर सम्झना खड्का २१ र उकप्तान पूजा महतो १३ रन बनाउँदै आउट भए ।


पराजित यूएईका मेचेली बोथा, सुरक्षा कोत्ते, भैश्नवी महेश र ईशा ओझाले १र१ विटेक झारे । बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ७ विकेट क्षतिमा ११४ रन जोडेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार