- सोमबार काठमाडौंमा आयोजित नेपाल सिमेन्ट उत्पादन संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल सरकारको पुँजीगत तर्फबाट सबैभन्दा बढि बजेटको माग र खर्च गर्ने क्षेत्र सडक पूर्वाधार भएतापनि अगाडि बनाउँदै जाने र पछाडि भत्कदै जाने समस्या रहेको बताए ।
काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपाल सिमेन्ट उत्पादन संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल सरकारको पुँजीगत तर्फबाट सबैभन्दा बढि बजेटको माग र खर्च गर्ने क्षेत्र सडक पूर्वाधार भएतापनि अगाडि बनाउँदै जाने र पछाडि भत्कदै जाने समस्या रहेको बताए ।
उनले भने,‘अहिले हामी सिमेन्टमा आत्मानिर्भर छौं । स्रोत, साधन थोरै आयात गर्नुपर्ने र धेरै आन्तरिक स्रोतबाट यसलाई विकासको नयाँ गति दिन सकिन्छ । सरकारको पुँजीगत तर्फबाट सबैभन्दा बढि बजेटको माग भएको र खर्च गर्ने क्षेत्र सडक पूर्वाधार भएको छ । तर भइराखेको के छ भने अगाडि बनाउँदै जाने र पछाडि भत्किदै जाने समस्या छ । गुणस्तर भएन, पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक छ । सुरक्षित यात्रा गर्नको लागि पनि व्यवस्थित सडक सञ्जाल, पूर्वाधार जरुरी छ ।’
त्यस्तै उनले आफ्नै बल र स्रोत साधनबाट अबको विकासलाई एउटा भरपर्दो विकास दिन सकिने धारणा राखे । आफ्नै देशको स्रोत साधनको अधिकतम प्रयोग हुनेगरी काम गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने,‘हामीले आत्मानिर्भरता एवम आफ्नै बल र स्रोतका साधनबाट अबको विकासलाई एउटा भरपर्दो विकास दिन सक्छौं । वातावरणमैत्री विकास दिन सक्छौं र यो यात्रामा हामी सबै सँगै हिड्न सक्छौं । त्यसैले मन्त्रालय, निकाय र विभागहरुले आफैंले व्यवस्थित छलफ लगरेर निष्कर्ष निकाल्न जरुरी छ । जसका कारण विकासको यात्रा अगाडि बढ्छ । र अधिकतम स्रोत साधनको पनि प्रयोग पनि हुन्छ ।’
त्यस्तै सोही कार्यक्रममा बोल्दै भौतिक पूवाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मानिसहरुमा सडक नै विकास हो भन्ने बुझाइ रहेको बताए । केही मानिसहरुले केही पनि भएको छैन भन्ने निराशामात्र बाडिरहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको उनको भनाइ छ ।
उनले भने,‘मानिसहरुमा सडक नै विकास हो भन्ने बुझाइ छ । भौतिक प्रगतिको हिसाबले नेपाल अरु देश भन्दा पछाडि छैन् । केही मानिसहरुले केही पनि भएको छैन्, केही पनि हुँदैन् भनेर निराशामात्र बाँडिरहेको छन् । त्यसैले त्यसलाई चिर्न पर्नेछ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।