समुदायहरू परिवर्तन भइरहँदा हाम्रा संस्कृति, इतिहास र सम्पदाहरू लोप हुने चिन्ता बढ्दो छ : मन्त्री पाण्डे

२०८२ जेठ ४ आइतबार
सारांश
  • आइतबार,विश्व संग्रालय दिवस २०२५ को अवसरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पाण्डेले समाज परिवर्तनशील हुँदै गइरहेको भए पनि विगतका संस्कृति र इतिहासलाई संरक्षण गर्नु अत्यन्त आवश्यक भएको उल्लेख गरेका हुन् ।

काठमाडौं  : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले समुदायहरूमा आएको तीव्र परिवर्तनका कारण हाम्रा संस्कृति, इतिहास र सम्पदाहरू लोप हुने खतरा बढ्दै गएको बताएका छन् । 


आइतबार,विश्व संग्रालय दिवस २०२५ को अवसरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पाण्डेले समाज परिवर्तनशील हुँदै गइरहेको भए पनि विगतका संस्कृति र इतिहासलाई संरक्षण गर्नु अत्यन्त आवश्यक भएको उल्लेख गरेका हुन् । तीव्र बसाइँसराइ र सामाजिक रुपान्तरणका कारण संस्कृति तथा सम्पदाको संरक्षण चुनौतीपूर्ण बन्दै गएको पनि उनले बताए ।


मन्त्री पाण्डेले संग्रालयहरू केवल वस्तुहरूको संग्रहालय नभई, ती हाम्रा पहिचान र भावनाको प्रतिनिधित्व गर्ने थलो भएको धारणा व्यक्त गरे । उनले भने, ‘हामीसँग रहेका सम्पदाहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उचित सम्मान र चर्चा पाउनु पर्छ । संग्रालय र सम्पदा संरक्षणका लागि सरकार प्रतिवद्ध छ ।’ 


उनले संग्रालयको महत्व र गरिमालाई मूर्त तथा अमूर्त रूपमा संरक्षण गर्नुपर्ने मूल सन्देशलाई आत्मसात गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । साथै, काठमाडौं उपत्यकामा नेवार समुदायले आफ्नो संस्कृति जोगाइराख्न सफल भएकोमा खुसी व्यक्त गर्दै त्यसलाई उदाहरणीय अभ्यासको रूपमा उल्लेख समेत गरे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार