अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको नेपाली कांग्रेसको आरोप
२०८२ जेठ ३ शनिबार
- नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका उपनेता वीरेन्द्र प्रसाद सिंहले मुख्यमन्त्री सतीशकुमार सिंह र स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहलाई ज्ञापन पत्र बुझाउँदै तत्काल अस्पताल सञ्चालनका लागि काम अघि बढाउन मागसहित ध्यानाकर्षण गराएका छन् ।
जनकपुर : सत्तारुढ नेपाली कांग्रेसले मधेश प्रदेश सरकारको पूर्वाग्रहीका कारण स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई ख्याल नगरेको भन्दै मुख्यमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्रीको ध्यानाकर्षण गराएको छ ।
नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका उपनेता वीरेन्द्र प्रसाद सिंहले मुख्यमन्त्री सतीशकुमार सिंह र स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहलाई ज्ञापन पत्र बुझाउँदै तत्काल अस्पताल सञ्चालनका लागि काम अघि बढाउन मागसहित ध्यानाकर्षण गराएका छन् ।
प्रदेश सरकारले २०८० मंसिर १८ गतेको मन्त्रिपरिषद् बैठकबाट ६ वटा जिल्ला अस्पताललाई १०० शैय्याको बनाउने र ५ वटा ५० शैय्याका नयाँ अस्पताल सञ्चालन गर्ने निर्णय गरे पनि सो निर्णय कार्यान्वयन गर्न पूर्वमन्त्रीसमेत रहेका उपनेता वीरेन्द्र प्रसाद सिंहले माग गरेका छन् । सो निर्णय अनुसार आवश्यक जनशक्तिका लागि अस्थायी दरबन्दी स्वीकृत गरी विज्ञापनमार्फत कर्मचारी छनोट प्रक्रिया समेत पूरा हुँदा पनि अस्पताल सञ्चालनका लागि चासो नदिएको उनको आरोप छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लापरवाही र अस्पताल सञ्चालन नगर्ने नियतका कारण अहिलेसम्म सो अस्पतालहरू सञ्चालनमा आउन नसकेको उनको दाबी छ ।
सो ज्ञापनपत्रमा उपनेता सिंहले, ‘दरबन्दीअनुसारको जनशक्ति सम्बन्धित अस्पतालहरूमा खटाई यथाशीघ्र ती अस्पताल सञ्चालन गरिनुपर्छ ।’ यससाथै उनले मन्त्रालयले देखाएको लापरवाहीको कारण स्वास्थ्य सेवाबाट वञ्चित भएका नागरिकको हकमा गम्भीर अन्याय भएको उल्लेख गरेका छन् ।
सञ्चालनमा नआएका ती अस्पतालहरूका कारण दूरदराजका जिल्लाहरूमा स्वास्थ्य सेवा पहुँचमा समस्या भइरहेको भन्दै सरोकारवालाहरूले तत्काल गम्भीर हुन प्रदेश सरकारसंग कांग्रेसले आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोटेकोशी बाढी: ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।