- बुधबार बसेको प्रतिनिधिसभामा बोल्दै उनले अहिले जनतामा निराशा बढ्दै गएको भन्दै जनजिवीकाको सवालमा काम गर्नुपर्ने बताएका हुन् ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले भूकम्पको शिर्षकमा बजेट नछुट्याइएको भन्दै भूकम्पको पुनःनिमार्णको लागि बजेट छुट्याउन आग्रह गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभामा बोल्दै उनले अहिले जनतामा निराशा बढ्दै गएको भन्दै जनजिवीकाको सवालमा काम गर्नुपर्ने बताएका हुन् ।
‘भूकम्पको शिर्षकमा बजेट छुट्याइएको छैन भन्ने जानकारी पाएको छु त्यसो नगरियोस् । भुकम्पको पुनःनिमार्णको लागि सबै क्षेत्रमा बजेट छुट्याइयोस् । संघीय लोकतान्त्रिक गणतन्त्रको अधिकार हुँदाहँुदै पनि जनतामा निराशा छ । जनजिवीकाको सवालमा शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार हुन सकेन्,’ उनले भने ।
बजेट आम्दानी खर्चको फाटबारी मात्र नभएर असमानताको खाडलबाट निस्कन नसकेका जनतालाई माथि ल्याउने माध्यम भएकाले बजेटमा संरचनागत पूर्नसंरचना गर्नुपर्ने पनि बताए ।
‘बजेट बनाउँदै गर्दा जनअपेक्षा पुरा गर्ने स्रोत हाम्रो छैन, त्यो स्रोत कहाँबाट ल्याउने बजेटको ६५ प्रतिशत चालु खर्चमा जाने गरेको छ १७ प्रतिशत मात्र पूँजीगत खर्च हो । त्यसैले ६५ लाई ३५ मा ल्याउनुस् हाम्रो समर्थन हुनेछ । त्यसको लागि संरचनागत पूर्नसंरचना हो,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।