प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेशन’का प्रमुखको भेट

२०८२ बैशाख ३१ बुधबार
सारांश
  • प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा एक सय २६ वर्षे रेलवेको इतिहास बोकेको कोरियको स्थापित उक्त कम्पनीले नेपालमा रेलवे निर्माणका लागि सहकार्य गर्ने इच्छा देखाएको छ ।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रेलवेको विकासका विषयमा दक्षिण कोरियाको ‘कोरिया रेलरोड कर्पाेरेशन’ का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत हान मुन ही नेतृत्वको भ्रमण दलले आज छलफल गरेको छ ।


प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा एक सय २६ वर्षे रेलवेको इतिहास बोकेको कोरियको स्थापित उक्त कम्पनीले नेपालमा रेलवे निर्माणका लागि सहकार्य गर्ने इच्छा देखाएको छ । 


भेटका अवसरमा ‘स्काइ वाक’ कम्पनीले तयार गरेको चतराधाम–चौरीखर्कसम्मको ‘एभरेष्ट रेलवे प्रोजेक्ट’को एनिमेसन–भिडियो प्रस्तुत गरिएको थियो ।


भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीससिहत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले नेपालले जनकपुरबाट रेल सञ्चालन गरिसकेको जनाउँदै अन्य स्थानमा रेलवे निर्माण र सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको सन्दर्भमा कोरियाली सहकार्यको पहल सकारात्मक भएको बताए । 


कर्पाेरेसनका प्रतिनिधिले यसअधि भौतिक पूर्वाधार मन्त्रालय र लगानी बोर्डसँग गरेको भेटेर रेलवे निर्माण र सहकार्यका लागि संयुक्त कार्य समूह बनाइ अध्ययन गर्ने विषयमा समझदारी गरेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार