- आज पूर्वाधार विकास समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।
काठमाडौं : संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ । आज पूर्वाधार विकास समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।
पूर्वाधार विकास समितिको बैठक बिहान ९ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको वार्षिक मस्यौदा प्रतिवेदन, २०८१ तथा समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा मलेसियाका सांसदसँग संसदीय प्रक्रियाका बारेमा अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’