सांसद पराजुलीले सम्झिए प्रेम आचार्यको आत्मदाह, उद्यारो असुली कानुनको माग
२०८१ बैशाख २८ आइतबार
- आइतबार जारी प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उद्यारो व्यवसायलाई कानूनले नचिन्दा कारोबार डुबेर कयौं व्यक्तिले जीवन त्यागिरहेको भन्दै उद्यारो असुलीको कानूनको माग गरेका हुन् ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले देशभित्र तथा अन्तर्राष्ट्रिय तहमा गरिने व्यवसायलाई मर्यादित बनाउन उद्यारो असुली कानून बनाउन माग गरेका छन् ।
आइतबार जारी प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उद्यारो व्यवसायलाई कानूनले नचिन्दा कारोबार डुबेर कयौं व्यक्तिले जीवन त्यागिरहेको भन्दै उद्यारो असुलीको कानूनको माग गरेका हुन् ।
‘देशभित्र तथा अन्तर्राष्ट्रिय तहमा गरिने व्यवसायी कारोबारलाई मर्यादित बनाउन उद्यारो कारोबारलाई कानूनी श्रृङखला भित्र जोड्नको लागि तत्काल उद्यारो असुली कानून बनाउनको लागि सरकार र सम्बन्धित मन्त्रालयलाई निर्देशनसहित ध्यानाकर्षण गराउदछु ।’
उनले २०७९ माग १० गते बानेश्वरचोकमा प्रेम आचार्यले आत्मदाह गरेको घटना सुनाउँदै असुली कानुनको अभाव कारण अति साना, साना र मझौला उद्योगी व्यवसायीको पीडामा परेको बताए ।
‘उद्यारो व्यवसाय भित्रको श्रृङखला हो । तर यसलाई कानूनले नचिन्दा कारोबार डुबेर कयौँ प्रेम आचार्यहरु आज पनि चुपचाप जीवन त्यागिरहेका छन् । ठूला र घराना उद्योगी व्यवसायीहरुले पहँुचका कारण उद्यारो असुली गर्न सक्लान् । तर अति साना, साना र मझौला उद्योगी व्यवसायीको पीडा र उद्यारो असुलीका बारेमा कसले बोलिदिने सरकार,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।