कालीगण्डकीमा भएको दोहन तत्काल रोक्न सांसद केसीको माग

२०८१ बैशाख २८ आइतबार
सारांश
  • आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गिटी उत्खनन् नरोके कालीगण्डकीको करिडोरको बाटो समेत भासिने सम्भावन रहेको भन्दै तत्काल रोक लगाउन माग गरे ।

काठमाडौं : राष्ट्रिय जनमोर्चा पार्टीका सांसद चित्रबहादुर केसीले बाग्लुङ क्षेत्र नं १ को कालीगण्डकीमा अवैध रुपमा बालुवा झिक्ने काम भइरहेको भन्दै तत्काल रोक लगाउन सरकारसँग माग गरेका छन् ।


आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गिटी उत्खनन् नरोके कालीगण्डकीको करिडोरको बाटो समेत भासिने सम्भावन रहेको भन्दै तत्काल रोक लगाउन माग गरे । 


उनले भने,‘बाग्लुङ क्षेत्र नं १ को कालीगण्डकीमा बालुवा झिक्ने काम भइरहेको छ ।

 यसभन्दा पहिले पनि मैंले कुरा उठाएको थिए । जनप्रतिनिधि र कर्मचारी मिलेर बालुवा झिकिरहेका छन् । सरकार रमिता हेरिरहेको छ । बालुवा र गिट्टी उत्खनन् नरोके कालीगण्डगीको करिडोरको बाटो समेत भासिने सम्भावना छ । त्यसलै कडाइपूर्वक सरकारले रोकोस् ।’


त्यस्तै उनले सर्वोच्च अदालते नझिक्नु भनेर आदेश गरिसक्दा पनि जनप्रतिनिधि र कर्मचारीले मिलेर लुटपाट गरिहरेको बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार