- आइतबार जारी प्रतिनिधि सभाको बैठकका बोल्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा यात्रीहरुलाई अपराधीको रुपमा व्यवहार गरिने गरेको भन्दै सुधारको लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
काठमाडौं : नेकपा एमालेका सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा यात्रुहरुलाई अनावश्यक दुःख दिने गरेको बताएका छन् ।
आइतबार जारी प्रतिनिधि सभाको बैठकका बोल्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा यात्रीहरुलाई अपराधीको रुपमा व्यवहार गरिने गरेको भन्दै सुधारको लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने,‘त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको सुधारको गर्नको लागि ध्यानाकर्षण गराउन चाहन्छु । अध्यागमन प्रविधिमैत्री पनि छैन् । आधुनिक पनि छैन् । यात्रुहरुलाई अपराधीहरुको रुपमा व्यवहार गरिन्छ । यात्रीहरुले एक घण्टासम्म लगेज प्राप्त गर्न सक्नुहुन्न । भन्सारमा यात्रीहरुलाई अनावश्यक दुःख दिइन्छ । विशिष्ट कक्ष भनिए पनि कालो चियाको व्यवस्था छैन ।’
उनले विमान स्थलमा सञ्चालन गरिएका पसलहरु अपारदर्शी भएको भन्दै एकाधिकार कायम गरिएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’