राजावादी प्रर्दशनमा पक्राउ परेका रविन्द्र मिश्रलगायत सबैको रिहाई गर्न माग
२०८२ वैशाख २७ शनिवार
- शनिबार राष्ट्रवादी देशभक्त जनता ललितपुरले चैत १५ गते गरेको राजावादी प्रर्दशनमा पक्राउ परेका आस्थाका बन्दीहरु रविन्द्र मिश्र लगायतका ६० भन्दा बढि व्यक्तिहरुलाई रिहाइ गर्न माग गरेको हो ।
काठमाडौं : राष्ट्रवादी देशभक्त जनता ललितपुरले सम्पूर्ण आस्थाका बन्दीहरुलाई रिहाइको माग गरेका छन् ।
शनिबार राष्ट्रवादी देशभक्त जनता ललितपुरले चैत १५ गते गरेको राजावादी प्रर्दशनमा पक्राउ परेका आस्थाका बन्दीहरु रविन्द्र मिश्र लगायतका ६० भन्दा बढि व्यक्तिहरुलाई रिहाइ गर्न माग गरेको हो ।
उक्त रिहाइको मागलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले पनि एक्यबद्धता जनाएका छन् । उनले एक्यबद्धता जनाउँदै आस्थाका बन्दिहरु रविन्द्र मिश्र लगायतका बन्दिहरु अपराधि नभएको बताए । उनले उनीहरुले कुनै हिंसात्मक अराजक गतिविधि नगरेकोले तत्काल रिहाइ गर्न सरकारसँग आग्रह गरे ।
उनले भने, ‘राष्ट्रवादी देशभक्त साथिहरुबाट आयोजना भएको यो दवाबमुलक कार्यक्रममा एक्यबद्धता प्रकट गर्न म यहाँ आएको हुँ । म सरकारलाई आग्रह गर्न चाहन्छु । यी आस्थाका बन्दिहरु रवन्द्रि मिश्र लगायतका बन्दिहरु अपराधि होइनन् , उनीहरुले कुनै हिंसात्मक अराजक गतिविधि गरेका छैनन् । उनीहरु विचारका योद्धाहरु हुन् । त्यसैले तत्काल सरकाले रिहाई गर्नुपर्छ ।’
साथै उनले वर्तमान निरकुंश र भ्रष्ट सरकारले उनीहरुमाथि अन्याय र अनेकौ झुटा मुद्दाहरु लगाउने दुष्प्रयास गरिराखेको बताए । उनले विना प्रमाण रविन्द्र मिश्र लगायतका आस्थाका बन्दिहरुलाई ४३ दिनदेखी थुनामा राखेको बताए ।
उनले भने, ‘सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शम्शेर राणा, नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं, पशुपति खड्का, सन्तोष शिलवाल, कमल विष्ट लगायतका ६० भन्दा बढि व्यक्तिहरुलाई थुनामा राखेको छ । उनीहरु कुनै अपराधि होइनन् । उनीहरुले संविधानद्वारा प्रद्धत अभिव्यक्ति स्वतन्त्रता र विना हातहतियार भेला हुन पाउने अधिकारको उपयोग गरेका हुन् । तर वर्तमान निरकुंश सरकारले, भ्रष्ट सरकारले उनीहरुमाथि अन्याय र अनेकौ झुटा मुद्दाहरु लगाउने दुष्प्रयास गरिराखेको छ । उहाँहरुलाई ४३ दिनदेखी थुनामा राखेको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।