सुदूरपश्चिमको पर्यटन विकासका लागि नीति, भौतिक संरचना र व्यवहारमा सुधार आवश्यक : मन्त्री पाण्डे

२०८२ वैशाख २६ शुक्रवार
सारांश
  • कञ्चनपुरको महेन्द्रनगरमा आयोजित फारवेस्ट ट्राभल मार्टको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सीमित बजेटका बाबजुद पर्यटन विकासमा सरकार गम्भीर रूपमा लागिरहेको स्पष्ट पारे ।

महेन्द्रनगर : सुदूरपश्चिमको पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नीति, संरचना र व्यवहारमा सुधार आवश्यक रहेको बताएका छन् । 


कञ्चनपुरको महेन्द्रनगरमा आयोजित फारवेस्ट ट्राभल मार्टको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सीमित बजेटका बाबजुद पर्यटन विकासमा सरकार गम्भीर रूपमा लागिरहेको स्पष्ट पारे । 


उनले भने, ‘यस वर्ष २० प्रतिशत पुँजीगत बजेट घटेको छ, हामीले भएको बजेटको उचित सदुपयोग गर्दै नीतिगत सुधारमा केन्द्रित भएका छौं ।’ 


उनले पर्यटन विकासका लागि केवल नीति र संरचना सुधार मात्र पर्याप्त नभई कतिपय प्रवृत्तिहरू पनि सुधार्न जरुरी रहेको भन्दै पर्यटन विकासका लागि वन, गृह, परराष्ट्र, उद्योग लगायतका मन्त्रालयहरूसँग सहकार्य गरिरहेको जानकारी बताए । 


सुदूरपश्चिम क्षेत्रमा अझै पर्यटकीय गतिविधि कम रहेको स्वीकार गर्दै मन्त्री पाण्डेले पूर्वी नेपाल र मध्य नेपालजस्तै सुदूरपश्चिमको पर्यटन पनि चलायमान बनाउन आवश्यक रहेको धारणा राखे । 


सरकार पूर्वाधार विकासमा पनि जुटिरहेको बताउँदै मन्त्री पाण्डेले मझगाउँ विमानस्थलको निर्माण कार्य भइरहेको र धनगढी विमानस्थलको स्तरोन्नति तथा पोखरा विमानस्थलबाट सातै प्रदेशमा नियमित उडान सञ्चालनका लागि तयारी भइरहेको जानकारी दिए ।  


भारतीय पर्यटकहरूको ठूलो सम्भावनालाई पहिचान गर्दै नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक समानतालाई सदुपयोग गर्नुपर्ने पनि उनको भनाई छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार