‘नीति तथा कार्यक्रम विगतको भन्दा महत्वपूर्ण र सकारात्मक’
२०८२ वैशाख २५ बिहीवार
- बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले धारा ५० मा व्यवस्था भएको राज्यका निर्देशक सिद्धान्त र धारा ५१ मा व्यवस्था भएको १३ वटा राज्यका नीतिहरुलाई नीति तथा कार्यक्रमले आत्मसाथ गरेर आफूलाई प्रस्तुत गरेको बताए ।
काठमाडौं : नेकपा एमालेका सांसद ठाकुर गैरेले सरकारको नीति तथा कार्यक्रम विगतको भन्दा केही महत्वपूर्ण र सकारात्मक प्रस्तुती भएको बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले धारा ५० मा व्यवस्था भएको राज्यका निर्देशक सिद्धान्त र धारा ५१ मा व्यवस्था भएको १३ वटा राज्यका नीतिहरुलाई नीति तथा कार्यक्रमले आत्मसाथ गरेर आफूलाई प्रस्तुत गरेको बताए ।
उनले भने,‘सरकारको नीति तथा कार्यक्रम विगतको भन्दा यसवर्ष केही महत्वपूर्ण र सकारात्मक प्रस्तुती भएको छ । त्यो सुखद पक्ष हो । धारा ५० मा व्यवस्था भएको राज्यका निर्देशक सिद्धान्त धारा ५१ मा व्यवस्था भएको १३ वटा राज्यका नीतिहरु त्यसलाई नीति कार्यक्रमले आत्मसाथ गरेर तदअनुरुप आफूलाई प्रस्तुत गर्न खाजेको यो नीति कार्यक्रमले बताएको छ ।’
त्यस्तै उनले विगतका नीति कार्यक्रमलाई मुल्याङकन गरेर हेर्दा नीतिमा भएको कार्यक्रममा नआउने, कार्यक्रममा भएको कार्यान्वयनमा नआउने जस्ता समस्या हुने गरेको भन्दै यसर्षको नीति तथा कार्यक्रमले त्यसलाई बदल्ने नीति अवलम्बन गरेको दाबी गरे ।
उनले भने,‘विगतका नीति कार्यक्रमलाई मुल्याङकन गरेर हेर्दा विगतमा संविधानमा व्यवस्था भएको नीतिहरु विषयगत क्षेत्रमा तोकिएका नीतिहरु सम्बन्धित आर्थिक वर्षको नीति कार्यक्रमको बीचमा तादम्यता नहुने, नीतिमा भएको कार्यक्रममा नआउने, कार्यक्रममा भएको कार्यान्वयनमा नआउने जुन स्थिति थियो त्यसलाई यस पटक चाँही बदल्ने नीति अबलम्बन गरेको हामी देख्छौं ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।