प्रयोगशाला हुने उपचारात्मक परीक्षणमा देशलाई आत्मनिर्भर बनाउन जरुरी

२०८२ वैशाख २५ बिहीवार
सारांश
  • राष्ट्रिय अत्यावश्यक निदानात्मक परीक्षण सूचीको अनावरण कार्यक्रममा बोल्दै उनले उपचारात्मक परीक्षणहरु देशभित्रै गर्ने स्थिति बन्न सक्यो भने कम झन्झटिलो हुने, खर्च पनि कम हुने र अस्पतालले दिने सेवा सुविधामा बढी सहजिकरण हुने स्थिति बन्ने बताएका हुन् ।

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रयोगशाला हुने उपचारात्मक परीक्षणहरुमा देशलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताएका छन् ।


राष्ट्रिय अत्यावश्यक निदानात्मक परीक्षण सूचीको अनावरण कार्यक्रममा बोल्दै उनले उपचारात्मक परीक्षणहरु देशभित्रै गर्ने स्थिति बन्न सक्यो भने कम झन्झटिलो हुने, खर्च पनि कम हुने र अस्पतालले दिने सेवा सुविधामा बढी सहजिकरण हुने स्थिति बन्ने बताएका हुन् ।


उनले भने, ‘खासगरी नेपालमा प्रयोगशाला परीक्षण हुने उपचारात्मक परीक्षणहरुमा देशलाई आत्मनिर्भर बनाउन जरुरी छ । उपचारात्मक परीक्षणहरु देशभित्रै गर्ने स्थिति बन्नसक्यो भने कम झन्झटिलो हुने, खर्च पनि कम हुने र अस्पतालले दिने सेवा सुविधामा बढी सहजिकरण हुने स्थिती हुन्छ । यसरी पूर्ण क्षमतामा हामीले केन्द्रित भएर प्रयोगशालाई प्रयोगमा ल्याउनुपर्छ ।’


साथै उनले  प्रदेशहरुमा नयाँ प्रयोगशालाहरु खुलेकाले त्यसमा क्षमता वृद्धि गर्न जरुरी रहेको बताए । उनले स्वास्थ्य क्षेत्रमा अझै थुप्रै कामहरु गर्न बाँकी नै रहेकाले आवश्यकताहरुलाई डब्लुएचओले समेत सहयोग पुर्याउने आशा व्यक्त गरे ।


उनले भने, ‘प्रदेशहरुमा नयाँ प्रयोगशालाहरु खुलेका छन् । त्यसमा क्षमता वृद्धि गर्न जरुरी छ । अस्पतालमा रहेका प्रयोगशालाहरु व्यापक छन् । स्वास्थ्य क्षेत्रमा अझै थुप्रै कामहरु गर्न बाँकी नै छ । यो क्षेत्र पूर्ण छैन । यसलाई पूर्णता दिन अझै पनि डब्लुएचओमार्फत सहयोग हुनसक्छ भन्ने आशा लिएका छौं । आवश्यकताहरु डब्लुएचओलाई पनि भन्नुपर्ने अवस्था छ ।’ 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार