जनकपुरधामको खेलकुद मैदानमा चलखेल भए आन्दोलनमा उत्रिने रास्वपाको चेतावनी
२०८२ वैशाख २५ बिहीवार
- बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले लक्ष्मणकुटीको नाममा रहेको १७ बिगा जमिन जसको डीपीआर गरेर साढे दुई अर्बको एउटा अन्तर्राष्ट्रिय रंगशालाको परिकल्पना पनि भइसकेको भन्दै अब विचौलियाको चलखेल भएमा आन्दोलन गर्ने चेतावनी दिए ।
काठमाडौं : रास्वपाका सांसद मनिष झाले जनकपुरधामको खेलकुद मैदानमा दलाल छिरेको भन्दै खेलाडीको सपनामा कुनै व्याबधान भयो भने आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले लक्ष्मणकुटीको नाममा रहेको १७ बिगा जमिन जसको डीपीआर गरेर साढे दुई अर्बको एउटा अन्तर्राष्ट्रिय रंगशालाको परिकल्पना पनि भइसकेको भन्दै अब विचौलियाको चलखेल भएमा आन्दोलन गर्ने चेतावनी दिए ।
उनले भने, ‘नेपालको राजनीतिक इतिहासमा अहिलेसम्म यो कुरा सुनेका छैनौँ कि खेलकुद मैदानका लागि आन्दोलन भयो तर, जनकपुरधाममा धेरै चाँडै खेलकुद मैदानका लागि आन्दोलन गर्दैछौँ । लक्ष्मणकुटीको नाममा रहेको १७ बिगा जमिन जसको डीपीआर गरेर साढे दुई अर्बको एउटा अन्तर्राष्ट्रिय रंगशालाको परिकल्पना पनि भयो, सबै भयो खेलकुद परिषद्ले गुठी संस्थानलाई वार्षिक ९ लाख तिर्दथ्यो त्यसको लागि अहिले सम्म ४ करोड खर्च पनि गरेको थियौं । तर, खै के प्रलोभनले हो त्यसको भाडा एक्कासि ९ लाखबाट ४९ लाख ६० हजारमा बढाइयो । यसमा पक्कै पनि समृद्ध विचौलिया र दलाल छिरे जस्तो छ । अब यदी जनकपुरको खेलाडीको सपनामा कुनै व्याबधान भयो भने आन्दोलन चाँडै हुने छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’