कोटा प्रणालीमार्फत मल वितरण व्यवहारिक भएन : सांसद सापकोटा

२०८२ वैशाख २५ बिहीवार
सारांश
  • बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले किसानले ५० किलो मल माग गर्दा मुस्किलले पाँच केजी मात्र प्राप्त गर्ने अवस्था रहेको बताए ।

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कोटा प्रणालीमार्फत मल वितरणको प्रक्रिया व्यवहारिक नरहेको बताएका छन् । 


बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले किसानले ५० किलो मल माग गर्दा मुस्किलले पाँच केजी मात्र प्राप्त गर्ने अवस्था रहेको बताए । 


उनले भने,‘हरेक वर्ष जब मूख्यबाली धान रोप्ने बेला हुन्छ । किसानले पर्याप्त मल पाउँदैनन् । कोटा प्रणालीमार्फत मल वितरण हुन्छ । तर त्यो व्यवहारिक र सहज छैन् । किसानले ५० किलो मल माग गर्दा मुस्किलले पाँच केजी मात्र प्राप्त गर्छ ।’


त्यस्तै उनले जनताले यो सरकार किसानमैत्री भएन भनेर गुनासो गर्ने गरेको भन्दै  पर्याप्त मात्रामा मलको उलपब्ध गराउनको लागि र दुधको पैसा भुक्तानी गराउन सरकारको ध्यानाकर्षण गराए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार