कांग्रेसका नेताहरूले स्व.तीर्थराम डंगोलको जीवनबाट प्रेरणा लिनुपर्नेमा जोड
२०८२ वैशाख २५ बिहीवार
- बिहीबार कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंका पूर्व सभापति तीर्थराम डंगोलको स्वर्गारोहणको १३ औं दिनको पुण्य तिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा उनले डंगोल एकदमै प्रचारमा आउन नसकेका ठूलो व्यक्तित्व भएको भन्दै उनका अधुरा काम पार्टीले पूरा गर्नुपर्ने बताएका हुन् ।
काठमाडौं : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले स्व.तीर्थराम डंगोलले छोडेर गएका अधुरा कामहरु पूरा गर्नुपर्ने बताएका छन् ।
बिहीबार कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंका पूर्व सभापति तीर्थराम डंगोलको स्वर्गारोहणको १३ औं दिनको पुण्य तिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा उनले डंगोल एकदमै प्रचारमा आउन नसकेका ठूलो व्यक्तित्व भएको भन्दै उनका अधुरा काम पार्टीले पूरा गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘स्व.तीर्थराम डंगोल एकदमै राम्रो बोल्ने, विचार भएको र जवाफ दिन सक्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँको असान्दर्भिक मृत्युप्रति दुख व्यक्त गर्दै उहाँको परिवारलाई संवेदना व्यक्त गर्न चाहान्छु । अब हामीले उहाँले छोडेर जानु भएको अधुरा काम पूरा गर्नुपर्छ । भोलीका दिनमा डंगोलबाट धेरै प्रेरणा पनि लिन सक्छन् किन भने उहाँ प्रचारमा आउन नसकेका ठूलो व्यक्तित्व हुन् ।’
यस्तै, नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले स्व.तीर्थराम डंगोललाई श्रद्धाञ्जली दिँदै गर्दा उनले राजनीतिमा गरेको योगदानलाई बिर्सिन नहुने भन्दै पार्टीलाई सहि दिशा तिर लाने हो भने सच्चा रुपमा तीर्थरामलाई श्रद्धाञ्जली दिए हुने बताए ।
उनले भने, ‘कठिन अवस्थामा पनि राजनीतिमा लागेपछि कि जेल जीवन कि निर्वाचित जीवन कि जीवन नै त्याग गर्नुपर्ने जोखिममा राजनीति गरेर प्राप्त भएको अधिकारको रक्षा हामीले नै गर्नुपर्छ । स्व.तीर्थराम डंगोलको बारेमा त हामी सबैलाई थाहा नै छ, उहाँ एकदमै सरल मान्छे हुन् । आज उहाँलाई श्रद्धाञ्जली दिँदै गर्दा उहाँ राजनीतिमा गर्नु भएको योगदानलाई बिर्सिनु हँुदैन् । हामीले पार्टीलाई सहि दिशा तिर लाने हो भने सच्चा रुपमा तीर्थराम दाईलाई श्रद्धाञ्जली दिएको हुन्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।